चीनद्वारा नयाँ उपग्रह ‘याओगान–४७’ प्रक्षेपण « Khabarhub

चीनद्वारा नयाँ उपग्रह ‘याओगान–४७’ प्रक्षेपण


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – चीनले मंगलबार लङ–मार्च–४बी बोक्ने रकेटमार्फत नयाँ उपग्रह ‘याओगान–४७’ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।

यो रकेट चीनको उत्तर–पश्चिमस्थित जिउछुआन उपग्रह प्रक्षेपण केन्द्रबाट बिहान ११ः४१ बजे (इजिङ समय) उडान भरेको थियो र उपग्रहले निर्धारित कक्षा सफलतापूर्वक प्राप्त गरेको छ ।

याओगान–४७ उपग्रह मुख्यतः राष्ट्रिय भूमि सर्वेक्षण, शहरी योजना, सडक सञ्जाल निर्माण, बाली उत्पादन अनुमान, वातावरण व्यवस्थापन र विपद् पूर्वतयारी तथा न्यूनीकरणका काममा प्रयोग हुने बताइएको छ । याओगान–४७ले निर्धारित कक्षामा प्रवेश गरेर चीनको अवलोकन र डेटा संकलन क्षमतामा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।

यो प्रक्षेपण लङ–मार्च शृङ्खलाको ६१४ औँ मिशन हो ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ७ : ४३ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी