३७ वर्ष पढाएका हेड सरलाई हेलिकप्टर चढाएर बिदाइ « Khabarhub

३७ वर्ष पढाएका हेड सरलाई हेलिकप्टर चढाएर बिदाइ


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


816
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गोरखाको धार्चे गाउँपालिका–२, रुन्चेतस्थित गण्डकी माध्यमिक विद्यालयमा ३७ वर्ष निरन्तर सेवारत रहेर निवृत्त भएका प्रधानाध्यापक इन्द्रबहादुर उपरकोटीले जीवनकै अविस्मरणीय बिदाइ पाए।

विद्यालयका शिक्षक, विद्यार्थी, पूर्वविद्यार्थी र अभिभावकहरूले उनीप्रतिको सम्मान व्यक्त गर्न हेलिकप्टर चार्टर गरी विशेष सम्मानसहित बिदाइ गरेका हुन्।

विद्यालयले गरेको औपचारिक कार्यक्रमपछि उनीयहरूले फूलमाला लगाएर विद्यालयको खेलमैदानबाटै हेलिकप्टरमा उडाए। जीवनभर हिमालपाखामा घामपानी सहेरेर विद्यार्थीसँगै हिँड्ने गुरुलाई ‘उडान’ उपहार दिए।

उपरकोटी रुन्चेत पुगेको समयदेखि नै गाउँलेका लागि शिक्षा, सचेतना र सामाजिक नेतृत्वका आधारस्तम्भ बनेका थिए। उनको पढाउने शैली, अनुशासन, सादगी र मानवीय संवेदनाले विद्यालयमा समाहित प्रत्येक पुस्तालाई प्रभावित पार्दै आएको विदार्थीहरुले बताएका छन्।

पूर्वविद्यार्थीहरूका अनुसार, शिक्षकको निवृत्ति केवल एक व्यक्ति सेवा निवृत्त हुनु मात्र होइन, गाउँको एउटा शैक्षिक युग बिदा हुनु हो। त्यसैले गाउँलेहरूले उनलाई सामान्य बिदाइ समारोहले मात्रै पूरा अर्थ दिने महसुस गरेनन्। त्यसका लागि उनले जीवनभर नचडेका उचाइलाई प्रतिकात्मक रूपमा आकाशमार्फतै छुन दिने निर्णय गरिएको हो।

हेलिकप्टरले रुन्चेतबाट इन्द्रबहादुर उपरकोटीलाई काठमाडौँ ल्याएर एक रात त्यहीँ राखिएको थियो। भोलिपल्ट उनलाई पुनः हवाई मार्गबाट चितवनस्थित घरसम्म सम्मानपूर्वक पुयाइयो। हवाई मार्गमा यात्रा गर्दा उनी भावविह्वल बनेका थिए।

उनले भने, ‘जीवनमा यसरी माया पाइन्छ भन्ने कल्पना पनि गरेको थिइनँ।’

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ९ : ५३ बजे

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश

राष्ट्रसङ्घले भन्याे : गाजाका बासिन्दालाई हटाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’

जेनेभा – संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइएको

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

धनगढी – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा