३७ वर्ष पढाएका हेड सरलाई हेलिकप्टर चढाएर बिदाइ « Khabarhub

३७ वर्ष पढाएका हेड सरलाई हेलिकप्टर चढाएर बिदाइ


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


816
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गोरखाको धार्चे गाउँपालिका–२, रुन्चेतस्थित गण्डकी माध्यमिक विद्यालयमा ३७ वर्ष निरन्तर सेवारत रहेर निवृत्त भएका प्रधानाध्यापक इन्द्रबहादुर उपरकोटीले जीवनकै अविस्मरणीय बिदाइ पाए।

विद्यालयका शिक्षक, विद्यार्थी, पूर्वविद्यार्थी र अभिभावकहरूले उनीप्रतिको सम्मान व्यक्त गर्न हेलिकप्टर चार्टर गरी विशेष सम्मानसहित बिदाइ गरेका हुन्।

विद्यालयले गरेको औपचारिक कार्यक्रमपछि उनीयहरूले फूलमाला लगाएर विद्यालयको खेलमैदानबाटै हेलिकप्टरमा उडाए। जीवनभर हिमालपाखामा घामपानी सहेरेर विद्यार्थीसँगै हिँड्ने गुरुलाई ‘उडान’ उपहार दिए।

उपरकोटी रुन्चेत पुगेको समयदेखि नै गाउँलेका लागि शिक्षा, सचेतना र सामाजिक नेतृत्वका आधारस्तम्भ बनेका थिए। उनको पढाउने शैली, अनुशासन, सादगी र मानवीय संवेदनाले विद्यालयमा समाहित प्रत्येक पुस्तालाई प्रभावित पार्दै आएको विदार्थीहरुले बताएका छन्।

पूर्वविद्यार्थीहरूका अनुसार, शिक्षकको निवृत्ति केवल एक व्यक्ति सेवा निवृत्त हुनु मात्र होइन, गाउँको एउटा शैक्षिक युग बिदा हुनु हो। त्यसैले गाउँलेहरूले उनलाई सामान्य बिदाइ समारोहले मात्रै पूरा अर्थ दिने महसुस गरेनन्। त्यसका लागि उनले जीवनभर नचडेका उचाइलाई प्रतिकात्मक रूपमा आकाशमार्फतै छुन दिने निर्णय गरिएको हो।

हेलिकप्टरले रुन्चेतबाट इन्द्रबहादुर उपरकोटीलाई काठमाडौँ ल्याएर एक रात त्यहीँ राखिएको थियो। भोलिपल्ट उनलाई पुनः हवाई मार्गबाट चितवनस्थित घरसम्म सम्मानपूर्वक पुयाइयो। हवाई मार्गमा यात्रा गर्दा उनी भावविह्वल बनेका थिए।

उनले भने, ‘जीवनमा यसरी माया पाइन्छ भन्ने कल्पना पनि गरेको थिइनँ।’

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ९ : ५३ बजे

सबल अर्थतन्त्रका लागि ऊर्जा क्षेत्रमा ‘स्पष्ट नीति’ आवश्यक

स्वदेशी तथा विदेशी लगानीमा विभिन्न काम भइरहेको ऊर्जा क्षेत्रमा केही

‘महिलाको हक, अधिकार स्थापित गराउन मङ्गलादेवीको महत्वपूर्ण भूमिका’

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली महिलाको हक, अधिकार

गाउँघरमा हराउँदै परम्परागत पानीघट्टाको प्रचलन

भोजपुर– गाउँघरमा कुटानीपिसानीका लागि प्रयोग हुँदै आएको परम्परागत पानीघट्टा चलाउने

सुरू भयो ‘ट्रम्प गोल्ड कार्ड’ : अब १४ करोड तिरे पाइन्छ अमेरिकी नागरिकता

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ‘ट्रम्प गोल्ड कार्ड’ का

थाइल्यान्ड-कम्बोडिया सीमामा भएको झडपमा नौ जना थाई सैनिकको मृत्यु

बैङ्कक– कम्बोडियासँग चलिरहेको सीमा झडपमा  नौ थाई सैनिकको मृत्यु हुनुका