सुनको मूल्य आजपनि बढ्यो, कतिमा भइरहेको छ कारोबार ? « Khabarhub

सुनको मूल्य आजपनि बढ्यो, कतिमा भइरहेको छ कारोबार ?


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– नेपाली बजारमा सुनको मूल्य लगातार तीन दिनदेखि बढिरहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यसअघि बुधबार र बिहीबार पनि सुनको भाउ क्रमशः प्रतितोला ५०० र ८०० रुपैयाँले बढेको थियो । यसअघि बिहीबार छापावाल सुनको मूल्य १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको थियो । 

यता, शुक्रबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १८ सय ४५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ तोलाको १८ सय ४० रुपैयाँ रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६७३ डलरमा र चाँदी प्रतिऔंस ३०.२१ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ११ : ३२ बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – आज २०८३ साल जेठ १० गते आइतबार। अधिक

आज २०८३ साल जेठ १० गते आइतबारको राशिफल

काठमाडौँ – आज २०८३ साल जेठ १० गते आइतबार। अधिक

उद्धार र उपचार नपाई मर्छन् वन्यजन्तु

झापा – संरक्षित वन्यजन्तुहरू मानव बस्तीमा पस्ने क्रम बढेसँगै तिनको

यस वर्ष विपद्बाट ७० जनाको मृत्यु

काठमाडौं – विसं २०८३ को वैशाखयता आजसम्म भएका एक हजार

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

म्याग्दी – मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड