अर्थ मन्त्रालयले माग्यो बिमा प्राधिकरण अध्यक्षको आवेदन « Khabarhub

अर्थ मन्त्रालयले माग्यो बिमा प्राधिकरण अध्यक्षको आवेदन


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बिमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिको लागि आवेदन माग भएको छ । नेपाल बिमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिको लागि गठित सिफारिस समितिले शुक्रबार एक सूचना प्रकाशित गर्दै १५ दिनको समयसीमा राख्दै आवेदन माग गरेको हो ।

प्राधिकरणका पूर्व अध्यक्ष सूर्यप्रसाद सिलवाललाई भ्रष्टाचारको आरोपमा मुद्दा दायर भएपछि रिक्त भएको पदमा मन्त्रालयले सिफारिस समिति गठन गरेर नयाँ नियुक्ति प्रक्रिया अगाडि बढाएको हो । 

समितिले बिमा ऐन, २०७९ को दफा ८ को उपदफा (१) (क) बमोजिम बिमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तीमा स्नाकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको व्यक्तिले आवेदन दिन सक्ने सूचनामा उल्लेख गरेको छ ।

साथै, समितिले सूचनामा आवेदन पेस गर्ने प्रक्रिया तथा संलग्न गर्नुपर्ने कागजात र शुल्कको विषयमा पनि उल्लेख गरेको छ ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  १२ : ३४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार