धनकुटामा सुँगुर बोकेको पिकअप दुर्घटना, चालक र सहचालकले गुमाए ज्यान « Khabarhub

धनकुटामा सुँगुर बोकेको पिकअप दुर्घटना, चालक र सहचालकले गुमाए ज्यान


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

धनकुटा- धनकुटाको पाख्रीबासमा पिकअप दुर्घटना हुंँदा २ जनाको मृत्यु भएको छ।

पाख्रीबास नगरपालिका-३ स्थित पाख्रीबास-हिले सडकखण्डको जौटारमा बिहीबार राति करिब ९ बजे को१ज २६३९ नम्बरको पिकअप ३ वटा सुँगुर लिएर पाख्रिबासबाट हिलेतर्फ जाँदै गर्दा सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको हो।

मृत्यु हुनेमा चालक पाख्रिबास नगरपालिका-९ उत्तरपानीका का ३९ वर्षीय शुक्रबहादुर तामाङ र सहचालक सिरहाको लाहान नगरपालिका-५ का २४ वर्षीय प्रमोद मल्लिक छन्।

सहचालक मल्लिकको दुर्घटनास्थलमै मृत्यु भएको हो । चालक तामाङलाई जिल्ला अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओम प्रकाश खनालले जानकारी दिए।

दुर्घटनाग्रस्त पिकअप घटनास्थलमै छ। दुर्घटनामा परेका ३ वटा सुंगुर भने जीवितै छन्। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको छ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  १ : ३२ बजे

कानुनमन्त्री सोविता गौतमद्वारा न्याय परिषद् र न्याय सेवा आयोगसँग छलफल

काठमाडौं – नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले

सट्टेबाजी एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने सरकारको निर्णय

काठमाडौं – नेपाल सरकारले देशभर सञ्चालनमा रहेका सट्टेबाजी सम्बन्धी एप

प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स पूर्ण बन्द गराउने सरकारको निर्णय

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तथा उच्च

नेपालगन्जमा युवतीको जलेर मृत्यु, तीन जना पक्राउ

बाँके – नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा आगोले जलेको अवस्थामा भेटिएकी एक

पहिरोले मेची राजमार्ग अवरुद्ध

झापा – इलामको रोङ गाउँपालिका–४ बाखोरस्थित सडकखण्डमा पहिरो खस्दा मेची