प्रतिपक्षी जुटाउँदै प्रचण्ड : एकैदिन तीन दलका नेतासँग गरे संवाद « Khabarhub

प्रतिपक्षी जुटाउँदै प्रचण्ड : एकैदिन तीन दलका नेतासँग गरे संवाद

ओली नेतृत्वको गठबन्धन सरकार लामो समय नजाने दाबी


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय प्रतिपक्षी दलहरूबीच संवाद तीव्र भएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सक्रियतामा राजनीतिक संवाद तीव्र पारिएको हो ।

संविधान संशोधनबारे कांग्रेस र एमालेबीच खटपट भएको चर्चाबीच प्रतिपक्षी नेताहरू जुटन् थालेका हुन् ।

शुक्रबार माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल संवादमा जुटेका थिए । उनीहरू केही दिनयता निरन्तर संवादमा छन् ।

दई दलबीच एकता सम्भावना टरेको अवस्थामा हाल निष्क्रिय जस्तै बनेको समाजवादी मोर्चालाई ब्युँत्याउने तयारीसहित उनीहरू जुटेका हुन्।

सिंहदरबारमा माधव र प्रचण्डले समाजवादी मोर्चा ब्युँत्याउने दिशामा छलफल गरिरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ पनि सहभागी भएका थिए ।

कांग्रेस र एमालेबीचको सत्ता–सहकार्यमा अनेक अड्कल चलिरहेका बेला दाहालले प्रतिपक्षी दललाई बलियो बनाउन समाजवादी मोर्चा ब्युँत्याउन माधव नेपाललाई मनाएका छन् ।

बिहीबार प्रचण्डले माधवसँग संवाद गरेका थिए । कांग्रेस-एमालेबीच संविधान संशोधनमा मतभेद भएको चर्चाबीच विपक्षी दलहरूले मोर्चा कस्ने योजना बनाएका हुन् ।

समाचारअनुसार यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारीमा छन् । उक्त अध्यादेशलाई छेक्ने रणनीतिसहित दाहालले अन्य दललाई एक ठाउँमा ल्याउने कोसिस गरेका हुन् । सरकारले हिउँदे अधिवेशन बोलाउन आलटाल गरिरहेका बेला प्रतिपक्षी दलले त्यसका लागि दबाब बढाउने योजना बनाएका छन् ।

सिंहदरबारस्थित् माओवादी संसदीय दलको कार्यालयमा विभिन्न दलका नेताहरूसँगको भेटपछि अध्यक्ष दाहालले अब केपी शर्मा ओली नेतृत्वको सरकार लामो समय नजाने तर्क गरे।

उता राप्रपा अध्यक्ष लिङ्देनले सरकारको अहिलेकै नेतृत्व र व्यवस्थाले जनताको उत्थान नहुने तर्कसहित अब विकल्प खोज्न ढिला गर्न नहुने जिकिर गरेका छन् ।

उता दुई दलले आगामी माघ २ गते अन्य घटकहरूसँग पनि संवाद गरेर समाजवादी मोर्चालाई सशक्त बनाउने निष्कर्ष निकालेका छन् । प्रचण्डसँगको संवादमा समाजवादी मोर्चालाई सक्रिय बनाएर जाने सहमति भएको समाजवादी अध्यक्ष माधवकुमार नेपालले बताए ।

सुरुमा माधव र प्रचण्डबीच वार्ता भएको सिंहदरबारमा त्यसपछि समाजवादी नेता श्रेष्ठ पुगेका थिए । त्यसपछि राप्रपा अध्यक्ष लिङ्देन मिसिए । लिङ्देनले यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि संवाद गरेका छन् ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ४ : ४४ बजे

तामाकोशीमा बस खस्दा कम्तीमा ६ जनाको मृत्यु

काठमाडौं– रामेछापको सेलेघाटमा यात्रुवाहक बस तामाकोशी नदीमा खसेको छ ।

फिल्म ‘लालिमा’ फागुन २९ मा प्रदर्शनमा हुने, पहिलो पोस्टर सार्वजनिक

काठमाडौं – फिल्म ‘लालिमा’ फागुन २९ बाट प्रदर्शनमा आउने भएको

वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ

वीरगन्ज– जिल्ला प्रहरी कार्यालयले वीरगन्जको अवैध गोदाममा छापा मार्न जाँदा

लोपोन्मुख रैथाने ज्ञान जोगाउने अभियान : रामप्रसादराईमा ज्ञान महोत्सव

भोजपुर– जनस्तरमा लोपोन्मुख बन्दै गएका परम्परागत (रैथाने) ज्ञान, सीप, परम्परा

कञ्चनपुरका पाँच हजार बढी किशोरीलाई आजदेखि ‘एचपीभी’ खोप लगाइँदै

कञ्चनपुर– पाठेघरको मुखको क्यान्सर रोकथामका लागि कञ्चनपुरमा आजदेखि ‘एचपीभी’ खोप