भाँच्चियो दुम्कीबास पुल, पूर्व-पश्चिम राजमार्ग ठप्प « Khabarhub

भाँच्चियो दुम्कीबास पुल, पूर्व-पश्चिम राजमार्ग ठप्प


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्व-पश्चिम राजमार्गअन्तर्गत लामो नारायणघाट-बुटवल खण्डमा पर्ने दुम्कीबासस्थित पुल भाँच्चिएको छ।

यो पुल भाँच्चिएसँगै पूर्वी नेपालबाट पश्चिम जाने तथा पश्चिम नेपालबाट पूर्व र काठमाडौं उपत्यका आउने सडक पूरै ठप्प भएको छ ।

पुल भाँच्चिएपछि अहिलेसम्म वैकल्पिक मार्ग व्यवस्थापन हुन सकेको छैन । राति हुँदै गएपछि तत्कालै वैकल्पिक मार्ग या डाइभर्सनको काम सम्भव नहुने अवस्था आएको छ । पुल भाँच्चिएपछि गन्तव्यतिर हिँडेका सयौँ गाडीका हजारौँ यात्रु बाटैमा रोकिएका छन् ।

अहिले उक्त राजमार्ग भएर आवतजावत गर्ने योजनामा रहेका सर्वसाधारणलाई स्थानीय प्रशासनले अर्को सूचना नआएसम्म यात्रा नथाल्न पनि भनेको छ ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ६ : ११ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी