दल विभाजनसम्बन्धी अध्यादेश आउँछ जस्तो लाग्दैन : राजेन्द्र लिङ्देन « Khabarhub

दल विभाजनसम्बन्धी अध्यादेश आउँछ जस्तो लाग्दैन : राजेन्द्र लिङ्देन


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग बिहीबार भएको भेटमा दल विभाजनसम्बन्धी अध्यादेशको कुरा नगरेको बताएका छन् ।

पूर्वउपप्रधान्त्रीसमेत रहेका उनले संसद्समेत नचलेको अवस्थामा प्रधानमन्त्रीले अध्यादेश ल्याउेन कुनै पहल नगरेको विश्वास व्यक्त गरे ।

शनिबार राप्रपाले गर्न लागेको मेलमिलाप दिवसको निम्तो दिन पुगेका लिङ्देनले प्रधानमन्त्रीले बरु केही सहमतिमै संविधानका जटिलता हटाउनुपर्ने कुरा गरेको बताए ।

‘दल विभाजनसम्बन्धी अध्यादेशको पक्षमा प्रधानमन्त्री हुनुहुन्छ जस्तो लाग्दैन । यसो गर्नुभयो भने त सामूहिक प्रतिवाद हुन्छ,’ लिङ्देनले खबरहबलाई भने, ‘यो बाहिर आएको हल्ला मात्रै हो । बरु संविधानका जटिलता हटाउन सबैको साथ चाहिने भन्नुभएको छ । उहाँले गलत काम नगर्नुपर्ने हो ।’

लिङ्देनले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको कुराकानीमा पनि सरकारले यस्तो काम गर्न खोजे एकजुट भएर जाने कुरा भएको बताए ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ६ : ४५ बजे

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका

मौसम सुधार भएपछि धौलागिरि आरोहण सुरु

म्याग्दी– मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुनःसुरु

स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा कानुनले प्रत्याभूत गरेको

प्रधानमन्त्रीका सल्लाहकार शाहले दिए गगन र विश्वप्रकाशलाई बधाई

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार असीम शाहले नेपाली कांग्रेसको १५