दल विभाजनसम्बन्धी अध्यादेश आउँछ जस्तो लाग्दैन : राजेन्द्र लिङ्देन « Khabarhub

दल विभाजनसम्बन्धी अध्यादेश आउँछ जस्तो लाग्दैन : राजेन्द्र लिङ्देन


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग बिहीबार भएको भेटमा दल विभाजनसम्बन्धी अध्यादेशको कुरा नगरेको बताएका छन् ।

पूर्वउपप्रधान्त्रीसमेत रहेका उनले संसद्समेत नचलेको अवस्थामा प्रधानमन्त्रीले अध्यादेश ल्याउेन कुनै पहल नगरेको विश्वास व्यक्त गरे ।

शनिबार राप्रपाले गर्न लागेको मेलमिलाप दिवसको निम्तो दिन पुगेका लिङ्देनले प्रधानमन्त्रीले बरु केही सहमतिमै संविधानका जटिलता हटाउनुपर्ने कुरा गरेको बताए ।

‘दल विभाजनसम्बन्धी अध्यादेशको पक्षमा प्रधानमन्त्री हुनुहुन्छ जस्तो लाग्दैन । यसो गर्नुभयो भने त सामूहिक प्रतिवाद हुन्छ,’ लिङ्देनले खबरहबलाई भने, ‘यो बाहिर आएको हल्ला मात्रै हो । बरु संविधानका जटिलता हटाउन सबैको साथ चाहिने भन्नुभएको छ । उहाँले गलत काम नगर्नुपर्ने हो ।’

लिङ्देनले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको कुराकानीमा पनि सरकारले यस्तो काम गर्न खोजे एकजुट भएर जाने कुरा भएको बताए ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ६ : ४५ बजे

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी