भारतीय दूतावासले मनायो हिन्दी दिवस « Khabarhub

भारतीय दूतावासले मनायो हिन्दी दिवस


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले विश्व हिन्दी दिवस मनाएको छ । दूतावास परिसरमा शुक्रबार एक कार्यक्रम आयोजना गरेर दिवस मनाइएको हो ।

कार्यक्रममा नेपालका सांसद तथा हिन्दी मञ्च नेपालका अध्यक्ष श्री मंगलप्रसाद गुप्ता, नेपाल सरकारको भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर, नेपाल संगीत तथा नाटक प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्मा, भारतीय दूतावासकी काउन्सिलर (राजनीति, प्रेस सूचना तथा संस्कृति) गीताञ्जली ब्राण्डनसहित अतिथि उपस्थित थिए।

कार्यक्रमका क्रममा गीताञ्जली ब्राण्डनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश वाचन गर्दै हिन्दी भाषाको महत्वबारे प्रकाश पारिन्। उनले विश्व हिन्दी दिवसले हिन्दी भाषाको समृद्ध सांस्कृतिक पहिचान र सम्पदाको स्मरण गराउने बताउँदै नेपालका हिन्दीप्रेमी विद्वान्हरूप्रति आभार प्रकट गरिन् ।

यस अवसरमा काठमाडौंका विभिन्न विद्यालयका विद्यार्थीहरूले हिन्दी कविता वाचन र नाटक प्रस्तुत गर्दै आफ्ना प्रतिभा प्रदर्शन गरे। कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कलाकारहरूले समेत सांस्कृतिक प्रस्तुति दिएका छन् ।

कार्यक्रमको विशेष आकर्षण भारत-नेपाल मैत्री कवि सम्मेलन रह्यो, जसमा प्रतिष्ठित कविहरूले आफ्नो हिन्दी कविता वाचन गर्दै मन्त्रमुग्ध पारे।

विश्व हिन्दी दिवसको आधार सन् १९७५ जनवरी १० मा भारतको नागपुरमा आयोजित पहिलो विश्व हिन्दी सम्मेलनलाई मानिन्छ। त्यसबेलादेखि हरेक वर्ष १० जनवरीका दिन विश्व हिन्दी दिवस मनाइने गरिएको छ ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ७ : ०७ बजे

कानुनमन्त्री सोविता गौतमद्वारा न्याय परिषद् र न्याय सेवा आयोगसँग छलफल

काठमाडौं – नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले

सट्टेबाजी एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने सरकारको निर्णय

काठमाडौं – नेपाल सरकारले देशभर सञ्चालनमा रहेका सट्टेबाजी सम्बन्धी एप

प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स पूर्ण बन्द गराउने सरकारको निर्णय

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तथा उच्च

नेपालगन्जमा युवतीको जलेर मृत्यु, तीन जना पक्राउ

बाँके – नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा आगोले जलेको अवस्थामा भेटिएकी एक

पहिरोले मेची राजमार्ग अवरुद्ध

झापा – इलामको रोङ गाउँपालिका–४ बाखोरस्थित सडकखण्डमा पहिरो खस्दा मेची