गोरखाबाट हिँडेको ‘एकीकरण टर्च र्‍याली’ काठमाडौं आइपुग्यो (तस्बिरहरु) « Khabarhub

गोरखाबाट हिँडेको ‘एकीकरण टर्च र्‍याली’ काठमाडौं आइपुग्यो (तस्बिरहरु)


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ आज काठमाडाैं आइपुगेको छ ।

गत पुस २१ गते गोरखाबाट हिँडेको ‘एकीकरण मार्ग पदयात्रा’ आज दिउसो ४:४० बजे काठमाडौँ आइपुगेको हो ।

गोरखाबाट हिँडेको उक्त टोली धादिङको भर्‍याङ भुरुङ, नुवाकोट र ककनी हुँदै काठमाडौँ आइपुगेको हो । र्‍यालीमा सहभागी सैनिकहरु पृथ्वीनारायण शाहको समयमा उनको फौजले प्रयोग गरेको जस्तै पोषाक र हतियारमा सजिएका छन्।

सिंहदरबार परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकमा यही पुस २७ गते भोलि विशेष कार्यक्रम गरेर र्‍यालीको समापन गरिने कार्यतालिका रहेको नेपाली सेनाले जनाएको छ ।

तस्बिरहरु : नेपाल फोटो लाईब्रेरी

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ९ : ०१ बजे

चितवनमा तीन हजार ३६२ मतदाताको नाम सूचीबाट हटाइयो

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

कोलम्बियामा सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते

बोगोटा– कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

थारू बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज– दसैँ पर्वका अवसरमा बाँकेका थारू गाउँबस्तीमा परम्परागत सखिया नाचको

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८