सत्येन्द्र र नेहामाथि ज्यादती- मागियो गृहमन्त्री लेखकको राजीनामा « Khabarhub

सत्येन्द्र र नेहामाथि ज्यादती- मागियो गृहमन्त्री लेखकको राजीनामा


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तरजातीय प्रेमविवाह गरेका सर्लाहीका सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियारलाई प्रहरीले अत्याचार गरेको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा मागिएको छ ।

प्रहरी लगाएर राम र रौनियारमाथि ज्यादति गरेकाले गृहमन्त्री लेखकले तत्काल राजीनामा दिनुपर्ने मागसहित सोमबार काठमाडौंमा प्रदर्शन भएको हो ।

नेत्रविक्रम चन्द विप्लवनिकट श्रमिक समुदाय मोर्चा नेपाल बागमती प्रदेश समन्वय समितिले सोमबार काठमाडौंमा प्रदर्शन गरेको हो ।

श्रमिक समुदायमाथि भएका सबै प्रकारका जातीय भेदभाव र हिंसाविरुद्ध विरोध सभामा गृहमन्त्रीले राजीनामा दिनुपर्ने मागसहित नाराजुलुसमेत लगाइएको छ।
सोमबार श्रमिक समुदाय मोर्चा नेपाल बागमती प्रदेश समन्वय समितिको कार्यालयनजिकै विरोध सभा गरिएको हो ।

यसअघि शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्ने सांसदहरूले उक्त प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा मागिएको थियो ।

सांसद नारायणी शर्माले उमेर पुगेका बयस्क नागरिकलाई आफ्नो फैसला गर्ने अधिकार रहेको बताउँदै गृहमन्त्रीको निर्देशनमा प्रहरीले गरेको ज्यादतीको निन्दा गरेकी थिइन् । तर, गृहमन्त्री लेखकले भने आफूले प्रहरीलाई कुनै निर्देशन नदिएको जिकिर गरिरहेका छन् ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  २ : ४१ बजे

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

बागलुङ– दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ

सङ्गठित अपराधको कसुरमा चारजना पक्राउ

काठमाडौँ– केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा पाँच

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग