मुलुकको विकासको बाधक भ्रष्टाचार : प्रदेश प्रमुख भट्ट | Khabarhub Khabarhub

मुलुकको विकासको बाधक भ्रष्टाचार : प्रदेश प्रमुख भट्ट


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मुलुकको विकासको बाधक भ्रष्टाचार भएको बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औं स्थापना दिवसका अवसरमा आयोगको पोखरा कार्यालयद्वारा आयोजित कार्यक्रममा उनले मुलुकको विकासको बाधक भ्रष्टाचार भएकाले यसलाई निर्मूल पार्न सामान्य व्यक्तिदेखि राज्यको उपल्लो ओहदामा बसेका पदाधिकारीसम्मले नैतिक आचरण सुधार गर्नुपर्ने बताए।

सबै सरोकारवालाहरूले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न पनि जरुरी रहेको भन्दै उनले सदाचार र नैतिकता जस्ता मूल्यलाई आत्मसात् गरेर समन्वयात्मक ढङ्गले प्रतिबद्ध भएर अघि बढ्यौँ भने सुशासन तथा समृद्धिको लक्ष्य सहजै प्राप्त गर्न सक्ने विश्वास व्यक्त गरे।

प्रमुख भट्टले वर्तमानमा भ्रष्टाचारको प्रकृति र प्रवृत्तिमा परिवर्तन आएकाले अनुसन्धानको विषयमा देखिएका नयाँ चुनौतीहरूलाई सामना गर्न आयोग तथा मातहतका कार्यालय सशक्त भई आफ्नो कार्यपद्धतिलाई रचनात्मक बनाउनुपर्ने बताए।

यसका लागि उपलब्ध साधन स्रोतको सीमामा रहेर उच्चतम प्रविधिको प्रयोग गर्दै राष्ट्रसेवक कर्मचारीले आफ्नो सीप, ज्ञान, दक्षता र क्षमता अभिवृद्धि गरेर व्यवस्थापकीय कार्यकुशलता प्रदर्शन गर्न सक्नुपर्ने आवश्यकता उनले औंल्याए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालको संविधान एवं प्रचलित कानुनको अधीनमा रहेर भ्रष्टाचार नियन्त्रण गरी सुशासन स्थापना गर्न महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आइरहेको उनको भनाइ छ । सदाचार, निष्पक्षता र निर्भीकता जस्ता मूल्य अङ्गीकार गरेको यो संस्थाको जग बलियो बनाउनसमेत यस दिवसले उल्लेखनीय भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे ।

हालको परिवेशमा राज्यका निकायबाट भइरहेको काम कारबाहीलाई नियाल्दा सेवा प्रवाहमा हुनुपर्ने सहजता र विकास निर्माण प्रक्रियामा जनतालाई गराउनुपर्ने सहभागिताको कमी देखिएको प्रमुख भट्टले बताए।

भ्रष्टाचारको प्रवृत्ति हेर्ने हो भने पूर्वाधार, शिक्षा, स्वास्थ्य, भूमि प्रशासन, कृषि लगायतको क्षेत्रमा जनताको बढी गुनासो देखिएको भन्दै प्रदेश प्रमुख भट्टले यी क्षेत्रहरूमा हुने सार्वजनिक खरिदका कार्यक्रम अपारदर्शी तरिकाले अघि बढाइँदा उजुरी पर्ने गरेको बताए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रमुख आस्मान तामाङले अख्तियारको दुरुपयोगका माध्यमबाट आर्थिक अनियमितता, भ्रष्टाचार गर्ने कुरालाई निरुत्साहन गर्न आयोगले आफ्ना अध्ययन, अनुसन्धानका कामलाई निरन्तर बढाइरहेको बताए।

आयोगमा प्राप्त उजुरीका आधारमा अनुसन्धान गरिने बताउँदै उनले दोषी नउम्कने र निर्दोषी डराउनु नपर्ने स्पष्ट पारे। आयोगका काम कारवाहीलाई प्रभावकारी बनाउनेतर्फ लागि रहेको उनको भनाइ छ । 

गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम विष्टले नकारात्मक समाजलाई सकारात्मक बनाउनु आवश्यक भएको बताए। कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले भ्रष्ट्राचारको अन्त्यका लागि सबैको सामूहिक प्रयास आवश्यक भएको बताउँदै नागरिकलाई जबाफदेही बनाउनुपर्ने आवश्यकता औँल्याए । 

कार्यक्रममा विभिन्न उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ३ : १४ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार