बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ « Khabarhub

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ परेका छन्। प्रहरीले बारा जितपुर सिमरा उपमहानगरपालिका-१५ घर भई हाल ललितपुर महानगरपालिका-५ बस्ने ३६ वर्षीय हिरालाल विश्वकर्मा रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विश्वकर्मालाई सोमबार ललितपुर टिकाथलीबाट पक्राउ गरेको हो। कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार विश्वकर्माविरूद्ध जिल्ला अदालत भक्तपुरले पाँच दिन कैद र एक करोड ५० लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो।

गत कात्तिक २६ गते अदालतले फैसला गरेयता विश्वकर्मा फरार रहेका थिए। फरार व्यक्ति खोजी तथा अनुसन्धानको सिलसिलामा कार्यालयको टोली विश्वकर्माको पछि लागेको थियो।

विश्वकर्मालाई जिल्ला अदालत भक्तपुर पठाइएको छ। बस्नेतका अनुसार विश्वकर्मा संलग्न बैंकिङ कसुरको अर्को मुद्दा ललितपुरमा छ। उनीविरूद्ध ललितपुर परिसरले अदालतबाट पक्राउ पुर्जी लिइसकेको छ। उक्त कसुरमा विश्वकर्मालाई २२ लाखको बिगो छ।

यस्तै, विश्वकर्मालाई १२ लाख रुपैयाँ बिगोको बैंकिङ कसुरको मुद्दामा वृत्त स्वयम्धुले पक्राउ पुर्जी लिइसकेको छ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ६ : ४१ बजे

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न