एम्बाप्पे र जुनियरको गोलमा रियलको जित « Khabarhub

एम्बाप्पे र जुनियरको गोलमा रियलको जित


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगाको आइतबार भएको खेलमा रियल म्याड्रिडले रायो भल्कानोलाई २-१ ले हराएको छ। जितपछि रियल र बार्सिलोनाको अंक बराबर भएको छ।

एक दिन अघि बार्सिलोनाको ओसासुनासँगको निर्धारित खेल टिमका पुराना डाक्टरको निधनले स्थगित भएको थियो।

आइतबारको खेलमा ३० औँ मिनेटमा केलिएन एम्बाप्पेको गोलमा रियल म्याड्रिडले अग्रता लिएको थियो। त्यसको चार मिनेटपछि नै भिन्सियर जुनियरले अर्को गोल गरे।

पहिलो हाफको इन्जुरी समयमा भल्कानोको पेड्रो डियाजको प्रहार क्रस बारको भित्र लागेर गोलमा परिणत भएको थियो।

एट्लेटिको म्याड्रिड भने आइतबार गेटाफेसँग अप्रत्याशित रूपमा पराजित भयो छ। अलेक्जेन्डर सोरलोथको पेनाल्टी गोलमा पहिलो हाफमा एट्लेटिकोले अग्रता लिए पनि अन्तिम दुई मिनेटमा गेटाफेका माउरा आराम्बारीले दुई गोल गरेका थिए।

स्पेनिस लिगका अन्य खेलमा एथलेटिक क्लब र मार्लोका बीच ११ गोलको बराबरी भयो। रियल बेटिसले लास पल्मासलाई १-० ले हरायो। सेभियाले रियल सोसिडाडलाई १-० ले हरायो।

तालिकामा बार्सिलोना र रियल म्याड्रिडको ५७ अंक छ। एट्लेटिको म्याड्रिडको ५६ तथा एथलेटिक क्लबको ४९ अंक छ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ६ : ४२ बजे

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय