कर्णालीमा खसेका व्यक्तिको उद्धारमा गएका ८ जना भीरमै अड्किए  | Khabarhub Khabarhub

कर्णालीमा खसेका व्यक्तिको उद्धारमा गएका ८ जना भीरमै अड्किए 


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

धनगढी– स्वामीकार्तिक खापर गाउँपालिका– २ फयाल गाउँका ३८ वर्षीय पुसे भण्डारी प्रत्येक दिन माछा मार्न कर्णाली नदी जान्थे। झरेउला हाल्ने र जाल खेल्ने उनको दैनिकी जस्तै थियो । आइतबार पनि उनी जालसहित कर्णालीमा पुगे । आफूले हालेको झरेउलाको माछा सङ्कलन गरे, केही माछा जाल हानेर मारे । पिठ्यूँमा माछा मार्ने जाल, हातमा माछा बोकेर उनी फर्किने बेला आइतबार अपराह्न ४ बजेतिर चिप्लिएर त्यहीँ लडे र कर्णाली नदीको किनारामा खसे ।

हातखुट्टा भाँचिएर उठ्न नसक्ने अवस्थामा पुगेका भण्डारीले आफन्तलाई फोन गरेर उद्धारको अपिल गरे । उनको फोनपछि ८ जना आफन्त घटनास्थल नजिक पुगे । तर उद्धारका लागि गएका उनीहरु घटनास्थल नपुग्दै हिजो साँझ देखि नै भीरमा फसेका छन् । तल झर्दा कर्णाली नदी छ । माथि फर्किन भीर । जता गए पनि उनीहरु जोखिममा छन् ।

आइतबार साँझदेखि नै प्रहरीको टोली पनि घटना स्थलमा छ । तर उद्धारको कुनै विकल्प नभएपछि समस्या भएको स्वामीकार्तिक खापर गाउँपालिका २ का वडाध्यक्ष विष्णुबहादुर बूढाले जानकारी दिए । 

उनले भने, ‘भीरबाट खसेको मान्छेको ज्यान गइसक्यो, उद्धारका लागि गएकाहरूको उद्धारमा थप समस्या देखिएको छ ।’

उनका अनुसार हिमाली गाउँपालिकाबाट बोट ल्याउने तयारी भइरहेको छ । कर्णालीमा बोट मार्फत उद्धारको तयारी गरिएको छ ।

भीरमा अड्किएकाहरुले आफूहरूको उद्धारको अपिल गरिरहेका छन् । डोरी अड्काएर तान्ने अवस्था समेत नरहेको स्थानीयको भनाइ छ । उनीहरूलाई पनि कर्णाली नदी किनारमै झारेर बोट मार्फत उद्धार गर्नु पर्ने अवस्था रहेको छ ।

बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ उपाध्यायले मृतकको शव नदीको खोँचमा रहेको र अड्कीएका स्थानीय पनि भीरको बीच स्थानमा रहेकाले हेलिकप्टर मार्फत उद्धारको सम्भावना जटिल रहेको बताए । हिजोदेखि नै प्रहरीको उद्धार टोली घटनास्थलमै रहेको भन्दै उनले बोट मार्फत उद्धारको उपाय निकालिएको बताए ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ९ : ५७ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस