कर्णालीमा खसेका व्यक्तिको उद्धारमा गएका ८ जना भीरमै अड्किए  « Khabarhub

कर्णालीमा खसेका व्यक्तिको उद्धारमा गएका ८ जना भीरमै अड्किए 


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

धनगढी– स्वामीकार्तिक खापर गाउँपालिका– २ फयाल गाउँका ३८ वर्षीय पुसे भण्डारी प्रत्येक दिन माछा मार्न कर्णाली नदी जान्थे। झरेउला हाल्ने र जाल खेल्ने उनको दैनिकी जस्तै थियो । आइतबार पनि उनी जालसहित कर्णालीमा पुगे । आफूले हालेको झरेउलाको माछा सङ्कलन गरे, केही माछा जाल हानेर मारे । पिठ्यूँमा माछा मार्ने जाल, हातमा माछा बोकेर उनी फर्किने बेला आइतबार अपराह्न ४ बजेतिर चिप्लिएर त्यहीँ लडे र कर्णाली नदीको किनारामा खसे ।

हातखुट्टा भाँचिएर उठ्न नसक्ने अवस्थामा पुगेका भण्डारीले आफन्तलाई फोन गरेर उद्धारको अपिल गरे । उनको फोनपछि ८ जना आफन्त घटनास्थल नजिक पुगे । तर उद्धारका लागि गएका उनीहरु घटनास्थल नपुग्दै हिजो साँझ देखि नै भीरमा फसेका छन् । तल झर्दा कर्णाली नदी छ । माथि फर्किन भीर । जता गए पनि उनीहरु जोखिममा छन् ।

आइतबार साँझदेखि नै प्रहरीको टोली पनि घटना स्थलमा छ । तर उद्धारको कुनै विकल्प नभएपछि समस्या भएको स्वामीकार्तिक खापर गाउँपालिका २ का वडाध्यक्ष विष्णुबहादुर बूढाले जानकारी दिए । 

उनले भने, ‘भीरबाट खसेको मान्छेको ज्यान गइसक्यो, उद्धारका लागि गएकाहरूको उद्धारमा थप समस्या देखिएको छ ।’

उनका अनुसार हिमाली गाउँपालिकाबाट बोट ल्याउने तयारी भइरहेको छ । कर्णालीमा बोट मार्फत उद्धारको तयारी गरिएको छ ।

भीरमा अड्किएकाहरुले आफूहरूको उद्धारको अपिल गरिरहेका छन् । डोरी अड्काएर तान्ने अवस्था समेत नरहेको स्थानीयको भनाइ छ । उनीहरूलाई पनि कर्णाली नदी किनारमै झारेर बोट मार्फत उद्धार गर्नु पर्ने अवस्था रहेको छ ।

बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ उपाध्यायले मृतकको शव नदीको खोँचमा रहेको र अड्कीएका स्थानीय पनि भीरको बीच स्थानमा रहेकाले हेलिकप्टर मार्फत उद्धारको सम्भावना जटिल रहेको बताए । हिजोदेखि नै प्रहरीको उद्धार टोली घटनास्थलमै रहेको भन्दै उनले बोट मार्फत उद्धारको उपाय निकालिएको बताए ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ९ : ५७ बजे

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन– नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि यातायात सञ्चालन

मध्यपूर्व तनावबीच लेबनान-इजरायलबीच रोममा नयाँ वार्ता

रोम– अमेरिकी मध्यस्थतामा लेबनान र इजरायलबीच मंगलबार इटालीको राजधानी रोममा

सरकारलाई सभामुखको निर्देशन- मनसुनजन्य घटनाको प्रभावकारी पूर्वतयारी गर्नू

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले मनसुनजन्य घटनाको प्रभावकारी पूर्वतयारी गर्न सरकारलाई

चितवनको पुँजीगत खर्च ५८ प्रतिशत

चितवन– जिल्लाको विकासका लागि विनियोजित बजेटमध्ये ५८ दशमलब ४१ प्रतिशत

‘सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि कोशेढुंगा’

काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो