सप्तरीमा तीन घर जले, लाखौंको क्षति « Khabarhub

सप्तरीमा तीन घर जले, लाखौंको क्षति


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

 
सप्तरी– सप्तरीमा आइतबार राति तीन घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ।

तिलाठी कोइलाठी गाउँपालिका-३ का नयनी यादव, कोकर्ण मुखिया र लखन मुखियाको घरमा राति ९ बजे आगलागी भएको हो।

नयनी यादवको घरनजिकै बालेको परालको घुरबाट तीन घरमा आगो फैलिएको सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बताए।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिकाको दमकलले एक घन्टापछि आगो नियन्त्रणमा लिएको थियो।

आगलागीबाट नयनीको घर, अन्नपात, लत्ताकपडा, भाँडावर्तन, काठपात, दुई तोला सुन, चाँदी एक किलो र दुई वटा बाख्रा जल्दा ११ लाख ३३ हजार रुपैयाँ बराबरको क्षति भएको छ।

यस्तै, गोकर्णको घरमा आगलागी हुँदा २० लाख ३५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। लखन मुखियाको घरमा आगलागी हुँदा दुई लाख दुई हजार रुपैयाँ बराबरको क्षति भएको छ।

अग्निपीडितलाई जिल्ला दैवी प्रकोप व्यवस्थापनबाट तत्कालका लागि राहतस्वरूप खाद्यान्न, लत्ताकपडा वितरण गरिएको छ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  २ : ०४ बजे

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा

राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न