महिलालाई रोजगारी दिँदै भूमिकास्थान « Khabarhub

महिलालाई रोजगारी दिँदै भूमिकास्थान


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले सञ्चालन गरेको कर्मशील जनशक्ति परिचालन कार्यक्रमबाट महिला रोजगारीमा जोडिन थालेका छन् । गत आर्थिक वर्षमा एक सयभन्दा बढी महिला उद्यमी तयार गरी मकैको पोस्कर र थाकलबाट टोपी तथा झोला निर्माण गरेको पालिकाले यस वर्ष उक्त परिमाणमा रोजगारी दिने लक्ष्य लिएको छ । 

भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाका अनुसार स्वरोजगार सिर्जना गर्ने, बसाइँसराइ नियन्त्रण गर्ने र आन्तरिक आम्दानी वृद्धि गरी  भूमिकास्थानलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ कर्मशील कार्यक्रम सञ्चालन गरिएको हो । नगरपालिकाले प्राकृतिक रेशाजन्य वनस्पति थाकलको पात र मकैको पोस्करबाट निर्माण हुने हस्तकला सामग्रीलाई व्यावसायिक रूपमै अगाडि बढाएको छ । 

हाइब्रिड जातको मकैको पोस्करबाट टोपी र झोला निर्माण नहुने भएकाले नगरपालिकाले बाँझो जग्गामा कर्मशिल रोजगार कार्यक्रममार्फत मकैको बीउ उत्पादन गरेको नगरपालिकाका योेजना अधिकृत हरिश्चन्द्र भुसाललले बताए। मकैको पोस्कर र थाकलबाट निर्माण गरिएका टोपी र झोला बिक्री गर्न कुनै समस्या नभएको नगरउपप्रमुख बालकृष्ण बञ्जाडेले जानकारी दिए। ओम राजश्री मल्टि एग्रो प्रालि काठमाडौँले गत आर्थिक वर्षमा तालिम लिएकामध्ये निरन्तर सामग्री  निर्माण गर्ने भूमिकास्थान–३ कि लीला विकलाई रु ३० हजारसहित सम्मान गरेको छ ।

बाँझो जग्गा खनेर गहत, प्याज र विभिन्न तरकारीखेतीबाट मनग्य आम्दानी गरेका कर्मशील महिला उद्यमीले अहिले आफै तयार पारेका मकैको पोस्कर थाकेको पातबाट बनेका झोला र टोपी  गाउँमा उत्पादन गरेर विदेश निर्यात गर्न थालेका छन् । भूमिकास्थानका १० वटै वडामा तालिम दिएर स्वरोजगार बनाएको  नगरपालिकाले अहिले महिलालाई व्यवसायिकतामा जोडेको हो ।

कम्पनीले प्रति क्विन्टल रु १५ हजारको दरले पोस्कर खरिद गरेको छ । यसरी तयार भएको झोला र टोपीको बजारीकरण पालिकाले गरेपछि महिला आम्दानी गर्न थालेका छन् । पालिकाबाट बेरोजगारी समस्या अन्त्य गर्ने योजना अन्तर्गत बाँझो खेत जोत्ने अभियान पनि सँगसँगै  सुरु गरिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  २ : २९ बजे

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको

डेढ–दुई लाखबाट सुरु गरेको खेतीमा ८० लाख लगानी

तेह्रथुम– रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि विदेशिन थालेपछि ग्रामीण बस्ती

भरूवा बन्दुक बरामद

दैलेख– नौमुले गाउँपालिका-३ स्थित भाडेखोला सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ३ थान

कोशी कटानको त्रासमा श्रीलंका टप्पुका बासिन्दा

सुनसरी– बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र