तीन घण्टादेखि इसेवा अवरुद्ध, ग्राहकलाई सास्ती « Khabarhub

तीन घण्टादेखि इसेवा अवरुद्ध, ग्राहकलाई सास्ती


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तीन घण्टायता इसेवा (वालेट)मा समस्या देखिएको छ ।

छिटो, सजिलो र आकस्मिक रूपमा कारोबार गर्न सकिने भनिए पनि इसेवाले आफ्नो सेवा तीन घण्टादेखि अवरुद्ध हुँदासमेत खुलाउन सकेको छैन ।

इसेवाका हजारौँ ग्राहक सेवाविहीन भएर बस्नुपरेको छ। इसेवाअवरुद्ध भएसँगै कारोबार असफल हुँदा पीडित बनेको एक ग्राहकले बताए ।

इसेवामा फोन गर्दा वालेट एपमा समस्या आएको, मर्मत भइरहेको जवाफ आइरहेको छ। इसेवा ग्राहक वालेट नचले पनि प्रतिनिधिले वेबसाइटमा गएर आकस्मिक रूपमा कारोबार गर्न सकिने बताउने गरेका छन् । तर, उक्त सेवासमेत अवरुद्ध रहेको छ ।

नेपालमा इसेवाजस्तै २७ वटा डिजिटल वालेटका एप्स रहेका छन्। यी मध्ये धेरैजसो इसेवाका ग्राहक छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ४ : ४३ बजे

यातायात भाडा समायोजनको माग

खोटाङ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङले जिल्लामा सञ्चालन हुने

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान