विषम परिस्थितिमा साथ दिएका नागरिक कांग्रेससँग असन्तुष्ट छन् : गगन थापा  « Khabarhub

विषम परिस्थितिमा साथ दिएका नागरिक कांग्रेससँग असन्तुष्ट छन् : गगन थापा 


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिको विषम परिस्थितिमा कांग्रेसलाई साथ दिएका नागरिकमा असन्तुष्टि देखिएको बताएका छन् । 

कैलालीको धनगढीमा शनिबार आयोजित कांग्रेस सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनको उद्‌घाटन समारोह सम्बोधनका क्रममा उनले माओवादीबाट लखेटिँदा र तत्कालीन राजा ज्ञानेन्द्र शाहले अधिकार खोस्दा कांग्रेसलाई साथ दिएका जनता अहिले पार्टीका प्रति असन्तुष्ट देखिएका बताएका हुन् । 

‘जसले ०६० सालमा माओवादीले लखेटेको बेलामा हामीलाई साथ दिए । जसले राजाले अधिकार खोसेको बेलामा हामीलाई साथ दिए । जसले संविधान सभा असफल भएको बेलामा हामीलाई साथ दिए । ती नागरिकमा आज असन्तुष्टि देखिएको छ,’ महामन्त्री थापाले भने । 

थापाले विगतमा कांग्रेसलाई साथ दिएका नागरिकमा असन्तुष्टि सिर्जना हुनुको कारणका बारेमा पनि समारोहमा खुलस्त पारे ।  

‘असन्तुष्टि किन देखिएको छ, उनीहरू के भनिरहेका छन् ?,’ थापाले भने, ‘उनीहरू भनिरहेका छन्– तिमीले व्यवस्था बदल्छु भन्यौँ, तिमीलाई मैले साथ दिएँ । तिमीलाई अहिले पनि म विश्वास गर्छु । तर, मेरो प्रश्न छ, तिमीले व्यवस्था बदलिसकेपछि मेरो अवस्था बदलिन्छ भन्यौ । तिमीले भनेको जस्तो मेरो अवस्था बदलिएको छैन । न बदलिने छाँटकाँट देखिएको छ ।’

महामन्त्री थापाले कांग्रेसलाई सहयोग गरेको नागरिकको असन्तुष्टिलाई प्रयोग गरेर राजावादीहरूले ‘आक्रोशको आगोमा रोटी सेक्न’ चाहेको पनि टिप्पणी गरे ।

‘नागरिकहरूको यो असन्तुष्टिलाई, यो असन्तुष्टिबाट सिर्जना भएको आक्रोशको आगोलाई प्रयोग गरेर एकथरी जसले यो व्यवस्था आओस् भनेर कहिले चाहेकै थिएन, उनीहरू आगोमा रोटी सेक्न चाहन्छन्,’ महामन्त्री थापाले भने, ‘यसमा हामीले अचम्म मान्नुपर्ने कुरा केही छैन ।’

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ५ : २१ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।