प्रचण्डले मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दै « Khabarhub

प्रचण्डले मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दै


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

सोमबार सभामुख, प्रमुख सचेतक र सचेतकहरूबीचको छलफलले २७ गते बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले सम्बोधन गर्ने कार्यसूची तय गरेको हो ।

प्रचण्ड माओवादी केन्द्रको तराई मधेश जागरण अभियान केही दिनलाई स्थगित गरेर काठमाडौं आएका छन् ।

संसद्मा सहभागी रहेको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका विभिन्न सङ्घसंस्थाहरूले पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किँदा गरेको गतिविधिले राजनीतिक वृत्त तरङ्गित भएको बेला प्रचण्डले संसद्‌मा सम्बोधन गर्न लागेका हुन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ६ : ०७ बजे

राजेन्द्र लिङ्देनले भने- राष्ट्रिय सहमतिबाटै संवैधानिक राजसंस्था पुनर्स्थापित हुनुपर्छ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सहमतिबाटै संवैधानिक राजसंस्था पुनर्स्थापित

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण

नवनियुक्त श्रममन्त्रीले भने- कार्यकाल छोटो छ, समय खेर नफाली काम गर्छु

काठमाडौं– नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रम

एमाले प्रतिनिधिहरूलाई ‘सूर्य’ मोबाइल एप्समै डिजिटल कार्ड

काठमाडौं- नेकपा (एमाले) ले ११औँ राष्ट्रिय महाधिवेशनमा प्रतिनिधिलाई मोबाइल एप्लिकेशन्समै

वनमन्त्री चौलागाईंद्वारा पदभार ग्रहण, के-के गरे निर्णय

काठमाडौं– नवनियुक्त वन तथा वातावरणमन्त्री माधव चौलागाईंले जेनजी आन्दोलनपछिको परिवर्तनलाई