जनकपुरमा टाटाको तीन नयाँ गाडी लन्च « Khabarhub

जनकपुरमा टाटाको तीन नयाँ गाडी लन्च


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटाको नेपालमा हालै लन्च भएको कर्भ इभि, नेक्सन के३ इभि र टाटा सफारी जनकपुरमा लन्च गरेको छ ।  

जनकपुरस्थित गिरिजा अटोमोवाइलस्मा आज एक कार्यक्रमका बीच कर्भ इभि, नेक्सन के३ र टाटा सफारी लन्च गरिएको हो ।

कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रालिका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती, टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको साथै मारवाडी सेवा समितिका अध्यक्ष निर्मल चौधरीको प्रमुख अतिथित्व रहेको थियो । 
 
कार्यक्रममा बोल्दै सिजापतीले भने, ‘जनकपुरमा टाटाका नंया गाडीहरु लन्च गर्न पाउँदा अत्यन्त उत्साहित छौँ । अब ग्राहकहरूले टाटाको इभि २७ लाख ४९ हजारबाट सुरु गरेर ५६ लाख ९९ हजार सम्ममा रोज्न पाउनु हुनेछ। इन्ट्री लेभल गाडीमा टियागो इभि रोज्न सक्नुहुन्छ । साथै बजेटमा एसयुभीको आनन्द खोज्ने ग्राहकले पन्च इभि, अलि धेरै र टाढा यात्रा गर्नेले नेक्सन के३ इभि र प्रिमियम एसयूभीमा लामो दुरी भारतको पटना, दरभंगा यात्रा गरेर फिर्ता आउनेले कर्भ इभि टप भेरिएन्ट लिन सक्नुहुन्छ। साथै भारतमा टाटा कम्पनीले राखेको चार्जिङ्ग सुविधाको फाइदा उठाउन सक्नुहुन्छ।’

त्यस्तै  गिरिजा अटोमोवाइलस्का प्रोपाइटर यांदु जैनले जनकपुरमा टाटा इभिको बढी रेञ्ज भएको गाडीको आवश्यकता थियो र आज कर्भ इभि र नेक्सन के३ इभिले त्यो पुरा गरेको बताए ।    

जनकपुरमा लन्च सकेर अब टाटाका नंया गाडीहरूको रिजनल लन्च बिरगंजमा हुन लागेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ७ : ५६ बजे

ग्रिनल्यान्ड भू–राजनीतिक बहसको केन्द्रमा

एजेन्सी – ग्रिनल्यान्ड अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टापु नियन्त्रण गर्ने

बजारमा बढ्यो तरुल, सखरखण्ड, पिँडालुको बिक्री (तस्बिरहरू)

काठमाडौं– माघे संक्रान्ति पर्वको आगमनसँगै राजधानीको कालीमाटी फलफूल तथा तरकारी

गगन–विश्व कारवाहीपछि महेश बस्नेतको टिप्पणी- ‘लासहरूको पार्टी हैन भन्नेले कांग्रेसलाई खरानी बनाए’

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो

बङ्गलादेशमा निर्वाचनअघि आगमन भिसा निषेध

एजेन्सी– बङ्गलादेशले आम चुनाव तथा जनमत सङ्ग्रह अघि जनवरी– १५

गाजामा युद्धविरामपछि सयभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ

एजेन्सी– गत अक्टोबरको युद्धविराम पछि गाजा पट्टीमा इजरायली ड्रोन तथा