गण्डकी प्रदेश सभामा थप दुई विधेयक दर्ता « Khabarhub

गण्डकी प्रदेश सभामा थप दुई विधेयक दर्ता


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

पोखरा । गण्डकी प्रदेश सरकारले विधेयक दर्ताको प्रक्रिया तीव्र बनाउँदै गएको छ। सोमबार मात्रै प्रदेश सभा सचिवालयमा थप दुई विधेयक दर्ता गरिएको छ।

गण्डकी प्रदेश सभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीका अनुसार ‘गण्डकी प्रदेशमा भवन निर्माण तथा बस्ती विकास गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘गण्डकी प्रदेशमा खानी तथा खनिज सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सोमबार दर्ता भएका हुन्।

प्रदेश सरकारले हाल विभिन्न क्षेत्रसँग सम्बन्धित विधेयकहरू लगातार रूपमा प्रदेश सभामा पेस गर्दै आएको छ। फागुन २३ गते मात्र सरकारले अध्यादेश प्रतिस्थापन विधेयक दर्ता गरेको थियो। हालसम्म प्रदेश सरकारले ७३ वटा कानुन निर्माण गरिसकेको छ भने मन्त्रिपरिषद्ले तीन कानुन खारेज गर्ने निर्णय गरेको छ।

खासगरी विज्ञान तथा प्रविधिसम्बन्धी विधेयक खारेज गर्ने निर्णयप्रति सत्ता पक्ष र प्रतिपक्षका नेताहरूले असहमति जनाएका छन्। कतिपय सांसद तथा विश्लेषकहरूले विधेयकहरू पर्याप्त छलफलबिना हतारमा ल्याइएको आशंका गरेका छन्।

यसअघि पनि प्रदेश सरकारले आर्थिक, सामाजिक तथा पूर्वाधार विकाससँग सम्बन्धित थुप्रै विधेयक दर्ता गरिसकेको छ। दर्ता भएका विधेयकहरू अब प्रदेश सभामा छलफलका लागि प्रस्तुत गरिनेछ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ८ : १९ बजे

जुम्लामा एक सय बाइस जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया

जुम्ला – जुम्लामा १२२ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ

नयाँ बसपार्कबाट यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न तीन दिनको समय

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन

इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको धम्की

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि उसको

राष्ट्रिय जुनियर टेनिसमा दर्शिल र सारालाई स्वर्ण पदक

कास्की – पोखरामा पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता

नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं – नेपाल विद्यार्थी संघले गृहमन्त्री सुधन गुरुङको विषयलाई लिएर