उत्तरी सागरमा ट्याङ्कर र कार्गो जहाज ठोक्किँदा ३२ जना घाइते | Khabarhub Khabarhub

उत्तरी सागरमा ट्याङ्कर र कार्गो जहाज ठोक्किँदा ३२ जना घाइते


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

पोर्ट सुडान – सोमबार उत्तरी सागरमा एउटा तेल ट्याङ्कर र कार्गो जहाज ठोक्किएपछि ३२ जना घाइते भएका छन् । हाल ठूलो उद्धार कार्य जारी छ ।

ग्रिम्स्बी पोर्ट निर्देशक मार्टिन बोयर्सले एएफपीलाई भने,“घाइतेहरूलाई तीनवटा जहाजमा उपचारको लागि किनारमा ल्याइएको छ । त्यहाँ घाटमा एम्बुलेन्सहरूको लाइन छ ।”

पूर्वी योर्कशायरको तटमा ट्याङ्कर र कार्गो जहाज बीचको टक्करको रिपोर्ट आएपछि बेलायती तटरक्षक दलले यो अपरेशनको समन्वय गरिरहेको कोस्टगार्डका प्रवक्ताले बताए ।“कोस्ट गार्डले प्रदूषणको सम्भावित प्रतिक्रियाको मूल्याङ्कन गरिरहेको छ ।”

बेलायती टेलिभिजन च्यानलहरूमा प्रसारित तस्बिरहरूले तटबाट लगभग १० माइल (१६ किलोमिटर) टाढा घटनास्थलबाट बाक्लो, कालो धुवाँ र आगोको विशाल मुस्लो उठिरहेको देखाएका छन् ।
। “धेरै मानिसहरूले जहाजहरू छोडेर गएका थिए भन्ने रिपोर्टहरू पनि आएका थिए,” रोयल नेशनल लाइफबोट इन्स्टिच्युट (आरएनएलआई)ले जनाएको छ ।

अन्तर्राष्ट्रिय समुद्री सङ्गठनले हालको ध्यान आगो निभाउने र खोज तथा उद्धार कार्यमा केन्द्रित रहेको जनाएको छ । बेलायतको यातायात सचिव हेइदी अलेक्ज्याण्डरले भने,“आज बिहान उत्तरी सागरमा दुई जहाजहरू बीचको टक्करको बारेमा सुनेपछि उनी चिन्तित थिए । यस अवस्थाको बारेमा अधिकारीहरू र एचएम कोस्टगार्डसँग सम्पर्कमा छिन् ।”

उनले घटनास्थलमा पुगेका सबै आपतकालीन सेवाहरूलाई पनि धन्यवाद दिए ।पूर्वी योर्कशायरको हल बन्दरगाह शहर नजिकै भएको टक्करको बारेमा अलार्म बजाइएको थियो ।

कोस्टगार्डले ठूलो उद्धार अभियानमा कोस्टगार्डको हेलिकप्टर, विमान, चारवटा शहरका लाइफबोट र नजिकैका अन्य जहाजहरू समावेश रहेको जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  १० : २९ बजे

राष्ट्रिय बाल दिवसमा दीप प्रज्वलन, आन्दोलनमा ज्यान गुमाएका बालबालिकाप्रति श्रद्धाञ्जली

काठमाडौं – राष्ट्रिय बाल दिवस २०८२ को अवसरमा आइतबार काठमाडौंको

जेन-जीका नाममा ध्वस्त एमाले कार्यालयमा टाँगियो ओलीबिनाको ब्यानर

काठमाडौँ- जेन-जी आन्दोलनका ध्वस्त पारिएको नेकपा एमालेको च्यासलस्थित कार्यालयमा अध्यक्ष

नाइजेरियामा बस दुर्घटना हुँदा १९ महिला र बालबालिकाको मृत्यु

नाइजेरिया – नाइजेरियाको उत्तरी क्षेत्रमा विवाहमा सहभागी भई फर्किएको ‘जन्ती

संकटमा जुटेको सहकार्यबाट खुल्न थाले सरकारी कार्यालय 

काठमाडौं– युवाहरूको आन्दोलनपछि देशले निकास खोजिरहेको छ । सुरक्षा निकाय तथा