पूर्वाधार विकाससहित तीनवटा समितिको बैठक बस्दै « Khabarhub

पूर्वाधार विकाससहित तीनवटा समितिको बैठक बस्दै


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ । आज पूर्वाधार विकास समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

पूर्वाधार विकास समितिको ४९औँ बैठक बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा विद्युत विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा चालु आर्थिक वर्ष २०८१–०८२ को बजेटको खर्चको स्थिति र आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटको तयारी सम्बन्धमा छलफल हुनेछ ।

यस्तै, विधायन व्यवस्थापन समितिको ५७औँ बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ६ : ०३ बजे

नेपालबाट भारत जाने यात्रुले पावर बैंक बोक्न नपाउने

काठमाडौं – नेपालबाट भारत जाने यात्रुले अब हवाई यात्राका क्रममा

पार्टीलाई अघि बढाउन सही पद्धति बसाल्ने

काठमाडौं– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति मधु आचार्यले पार्टीलाई अघि बढाउन

साउदी अरामकोको प्रशासनिक भवनमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार

एजेन्सी– साउदी अरेबियाको सरकारी तेल कम्पनी ‘साउदी अरामको’ को पूर्वी शहर

मलेसियाका लागि सिफारिस राजदूतमाथि गम्भीर आरोप, सुनुवाई होल्ड

काठमाडौं– मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलमाथि गम्भीर आरोप लागेको

एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

काठमाडौं– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर