जनताको सेवामा प्रभावकारी काम गर्न सरकार प्रतिबद्ध : मन्त्री गुरुङ « Khabarhub

जनताको सेवामा प्रभावकारी काम गर्न सरकार प्रतिबद्ध : मन्त्री गुरुङ


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सञ्चार तथा सूचना  प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताको सेवामा थप प्रभावकारी काम हुनेगरी सरकार लागिपरेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुगल गाउँपालिका कमिटीको दोस्रो पालिका अधिवेशन उद्‌घाटन समारोहमा उनले अब कुनै पनि सरकारी निकायमा पुगेको ‘फाइल’ एक साताभित्र टुङ्गो लाग्ने गरी सुनिश्चित गर्न सरकारले आवश्यक प्रबन्ध मिलाएको बताए ।

एमाले उपमहासचिव गुरुङले भने, ‘सरकार नागरिकको सेवामा तत्पर छ । समृद्धिको यात्रामा निरन्तर अघि बढिरहेका छौँ । नागरिकको प्रतिव्यक्ति आय वृद्धि गर्न सरकार आवश्यक काम गर्छ ।’

एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, पोलिटब्युरो सदस्य अरुण नेपाल, केन्द्रीय सदस्यहरू सुरेश नेपाल, सुवास कर्माचार्य, जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ, नेता अमानसिं तामाङलगायतले सम्बोधन गरेका थिए ।

अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने एमाले जुगल गाउँपालिका अध्यक्ष छिरिङ लामाले जानकारी दिए ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ७ : २१ बजे

नेपालबाट भारत जाने यात्रुले पावर बैंक बोक्न नपाउने

काठमाडौं – नेपालबाट भारत जाने यात्रुले अब हवाई यात्राका क्रममा

पार्टीलाई अघि बढाउन सही पद्धति बसाल्ने

काठमाडौं– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति मधु आचार्यले पार्टीलाई अघि बढाउन

साउदी अरामकोको प्रशासनिक भवनमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार

एजेन्सी– साउदी अरेबियाको सरकारी तेल कम्पनी ‘साउदी अरामको’ को पूर्वी शहर

मलेसियाका लागि सिफारिस राजदूतमाथि गम्भीर आरोप, सुनुवाई होल्ड

काठमाडौं– मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलमाथि गम्भीर आरोप लागेको

एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

काठमाडौं– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर