धरानको पानबारी वनभित्र मृत भेटिएकी महिलाको खुल्यो पहिचान « Khabarhub

धरानको पानबारी वनभित्र मृत भेटिएकी महिलाको खुल्यो पहिचान


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


22.9k
Shares
  • change font
  • change font
  • change font

सुनसरी- गत सोमबार बिहान धरान उपमहानगरपालिका-६ पानबारीस्थित पाँचकन्या वनभित्र मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एवम् एसपी सुमनकुमार तिम्सिनाका अनुसार ती महिला धनकुटाको महालक्ष्मी नगरपालिका-१ की ३३ वर्षीया चुनकुमारी (चुनिला) बुढाथोकीका रुपमा परिवारले सनाखत गरेका छन् ।

माइती पक्ष र घरतर्फका आफन्तजनले बुधबार शवको सनाखत गरेका हुन् । शव सनाखत भएपछि अब अनुसन्धानलाई तीव्र पारिएको उनले बताए ।

बुढाथोकीको माइती र घर दुवै धनकुटाको महालक्ष्मी नगरपालिका हो । माइती वडा नम्बर १ र घर वडा नम्बर २ मा पर्छ ।

उनका श्रीमान् प्रेम हाल वैदेशिक रोजगारीका लागि दक्षिण कोरियामा रहेको खुलेको छ । प्रेम कोरिया गएको ५ बर्षपछि यही घर आएका थिए । उनी घर आएर एक महिना बिदा सकेपछि फेरि कोरिया फर्किएका थिए । यता उनकी श्रीमती चुनिला भने डेढ वर्षदेखि इटहरीको हलगडामा डेरा लिएर बस्ने गरेकी थिइन् । यी बुढाथोकी दम्पतीका एक छोरा छन्।

मृतकको माइती पक्षका अनुसार कोरियाबाट प्रेम एक महिना विदामा आउदा पनि डेरामा श्रीमतिसँग ३ दिनमात्र बसेका थिए । प्रेमले नै कोरियाबाट घटनाअघि शनिबार छोरालाई मावली पठाउन र मोरङमा मृतककी दिदीको जानु भनेर पठाएको पनि भर्खर प्रहरीमा आएर मात्र जानकारी पाएको मृतकका माइला दाजु दुर्गा दाहालले बताए ।

बुधबार दिउँसो मात्रै कोरियाबाट प्रेमले चुनिला चार दिनदेखि सम्पर्कमा नरहेको खबर पठाएका थिए । तर, पानबारीको जंगलमा एक महिलाको शव भेटिएको समाचार यता भाइरल भइसकेको थियो ।

प्रेम र चुनिलाले मागीबिहे गरेका थिए । विवाहको केही वर्षसम्म उनीहरूबीच सम्बन्ध राम्रो थियो । तर केही समयअघिबाट उनीहरूबीचको सम्बन्धमा दरार आएको थियो। प्रेम कोरिया गएयता चुनिलासँग झन् सम्बन्ध बिग्रिएको खुलेको छ ।

चुनिलाकी दिदी सावित्राले ज्वाइँ अहिले सम्पर्कमै आउन नचाहेको बताइन् । चुनिला बेपत्ता हुँदा पनि प्रेमले कुनै चासो नदिएको उनको भनाइ छ ।

चुनिलाका ससुरा सूर्यबहादुर बुढाथोकीले प्रेमले बुधबार मात्रै फोन गरेपछि बुहारी हराएको जानकारी पाएको बताएका छन् । उनले धरानको पानबारी जंगलमा भएको शव हेर्दा बुहारीकै रुपमा पहिचान भएको बताए ।

सूर्यबहादुरले बुहारीसँग आफूहरूको सम्बन्ध नराम्रो नरहेको बताएका छन् । तर उनले छोरासँगको सम्बन्धबारे आफूलाई थाहा नभएको जवाफ दिएका छन्। उनले छोरो पढाउन भन्दै बुहारी धनकुटाबाट सु्नसरी झरेको पनि बताए ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ४ : १४ बजे

संसद्‍मा हर्कको टिप्पणी : बोल्नकै लागि पनि आन्दोलन गर्नुपर्ने भयो

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभामा आफ्ना

पोखराको पर्यटन प्रवर्द्धन गरिँदै

गण्डकी– गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि पोखरा र कलकताका पर्यटन

वैशाखयता विपद्का घटनामा ९० जनाको मृत्यु, ५ सय बढी घाइते

काठमाडौं- चालू आर्थिक वर्षको वैशाख १ गतेदेखि जेठ २७ गतेसम्मको

नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने

काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरूले नापी कार्यालयबाट सेवा लिँदा तिर्नुपर्ने राजस्व

रास्वपाको नियतमाथि विपक्षीको शङ्कैशङ्का

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको