धरानको पानबारी वनभित्र मृत भेटिएकी महिलाको खुल्यो पहिचान « Khabarhub

धरानको पानबारी वनभित्र मृत भेटिएकी महिलाको खुल्यो पहिचान


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


22.9k
Shares
  • change font
  • change font
  • change font

सुनसरी- गत सोमबार बिहान धरान उपमहानगरपालिका-६ पानबारीस्थित पाँचकन्या वनभित्र मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एवम् एसपी सुमनकुमार तिम्सिनाका अनुसार ती महिला धनकुटाको महालक्ष्मी नगरपालिका-१ की ३३ वर्षीया चुनकुमारी (चुनिला) बुढाथोकीका रुपमा परिवारले सनाखत गरेका छन् ।

माइती पक्ष र घरतर्फका आफन्तजनले बुधबार शवको सनाखत गरेका हुन् । शव सनाखत भएपछि अब अनुसन्धानलाई तीव्र पारिएको उनले बताए ।

बुढाथोकीको माइती र घर दुवै धनकुटाको महालक्ष्मी नगरपालिका हो । माइती वडा नम्बर १ र घर वडा नम्बर २ मा पर्छ ।

उनका श्रीमान् प्रेम हाल वैदेशिक रोजगारीका लागि दक्षिण कोरियामा रहेको खुलेको छ । प्रेम कोरिया गएको ५ बर्षपछि यही घर आएका थिए । उनी घर आएर एक महिना बिदा सकेपछि फेरि कोरिया फर्किएका थिए । यता उनकी श्रीमती चुनिला भने डेढ वर्षदेखि इटहरीको हलगडामा डेरा लिएर बस्ने गरेकी थिइन् । यी बुढाथोकी दम्पतीका एक छोरा छन्।

मृतकको माइती पक्षका अनुसार कोरियाबाट प्रेम एक महिना विदामा आउदा पनि डेरामा श्रीमतिसँग ३ दिनमात्र बसेका थिए । प्रेमले नै कोरियाबाट घटनाअघि शनिबार छोरालाई मावली पठाउन र मोरङमा मृतककी दिदीको जानु भनेर पठाएको पनि भर्खर प्रहरीमा आएर मात्र जानकारी पाएको मृतकका माइला दाजु दुर्गा दाहालले बताए ।

बुधबार दिउँसो मात्रै कोरियाबाट प्रेमले चुनिला चार दिनदेखि सम्पर्कमा नरहेको खबर पठाएका थिए । तर, पानबारीको जंगलमा एक महिलाको शव भेटिएको समाचार यता भाइरल भइसकेको थियो ।

प्रेम र चुनिलाले मागीबिहे गरेका थिए । विवाहको केही वर्षसम्म उनीहरूबीच सम्बन्ध राम्रो थियो । तर केही समयअघिबाट उनीहरूबीचको सम्बन्धमा दरार आएको थियो। प्रेम कोरिया गएयता चुनिलासँग झन् सम्बन्ध बिग्रिएको खुलेको छ ।

चुनिलाकी दिदी सावित्राले ज्वाइँ अहिले सम्पर्कमै आउन नचाहेको बताइन् । चुनिला बेपत्ता हुँदा पनि प्रेमले कुनै चासो नदिएको उनको भनाइ छ ।

चुनिलाका ससुरा सूर्यबहादुर बुढाथोकीले प्रेमले बुधबार मात्रै फोन गरेपछि बुहारी हराएको जानकारी पाएको बताएका छन् । उनले धरानको पानबारी जंगलमा भएको शव हेर्दा बुहारीकै रुपमा पहिचान भएको बताए ।

सूर्यबहादुरले बुहारीसँग आफूहरूको सम्बन्ध नराम्रो नरहेको बताएका छन् । तर उनले छोरासँगको सम्बन्धबारे आफूलाई थाहा नभएको जवाफ दिएका छन्। उनले छोरो पढाउन भन्दै बुहारी धनकुटाबाट सु्नसरी झरेको पनि बताए ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ४ : १४ बजे

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान

संसद पुनर्स्थापनासम्बन्धी कांग्रेसको पूरक रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली कांग्रेससहित ६८ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका