केपी ओली टी-२० कप : गण्डकी हिरोज सेमीफाइनलमा « Khabarhub

केपी ओली टी-२० कप : गण्डकी हिरोज सेमीफाइनलमा


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरामा जारी दोस्रो केपी ओली कप टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको समूह ‘बी’ बाट गण्डकी हिरोज रनरेटको आधारमा सेमीफाइनलमा प्रवेश गरेको छ । 

मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको छैटौँ दिन समूह ‘बी’ तर्फका अन्तिम खेल हुने भनिए पनि बुधबार रातीको अविरल वर्षासँगै बिहीबारको प्रतिकुल मौसमले खेल हुन नसकेपछि रनरेटको आधारमा हिमालयन क्रिकेट एकेडेमीलाई पछि पार्दै गण्डकी हिरोज शिर्षस्थानमा रह्यो । 

कुल २ खेल खेलेको गण्डकीको २ जितसहित ५ अंक रहँदा समान खेल खेलेको हिमालयनको पनि समान अंक रहेको थियो । उता ग्रेट हिमालयन क्रिकेट एकेडेमी र चितवन क्रिकेट क्लबको पनि कुल २ खेलबाट समान १/१ अंक रहेको थियो । 

बिहीबार समूह चरणमा आफ्नो अन्तिम खेल अन्तरगत चितवन र ग्रेट हिमालय बिच पहिलो तथा गण्डकी र हिमालयन बिचमा दोस्रो खेल हुने तालिका थियो । दुवै खेल मौसमका कारण रोकिएपछि नेट रनरेटको आधारमा गण्डकी शीर्ष स्थानमा रहँदै अन्तिम चारमा पुग्ने दोस्रो टोली बनेको छ । गण्डकीको रनरेट १.४३४६ रहँदा हिमालयनको ०.८१५८ रह्यो । ग्रेट हिमालय माइनस २.११२८ अंकका साथ तेस्रो स्थानमा रहँदा माइनस ३.४७२५ अंकका साथ चितवन पुछारमा रह्यो । 

समूह ‘ए’ बाट यस अघि शीर्षस्थानमा रहँदै सिइसी काठमाडौं सेमीफाइनलमा प्रवेश गरेको थियो काठमाडौंले आफ्नो ३ मध्ये ३ खेलमा नै जित हासिल गर्दै ६ अंकका साथ शीर्ष स्थानमा रहेको थियो । 

कुल १६ टिमको सहभागिता रहेको प्रतियोगितामा ४ समूह रहेका छन् । अब समूह ‘सी’ र ‘डी’ तर्फका खेल हुन बाकी रहेका छन् । हरेक समूहको शीर्ष स्थानमा रहने टोलीले अन्तिम चारमा प्रवेश गर्नेछन् । चैत २३ गतेबाट सुरु भएको प्रतियोगिता बैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । 

प्रतियोगितामा भोलि समूह ‘सी’ तर्फ कर्णाली एकेडेमी र मधेश प्रदेश क्रिकेट क्लबबिच पहिलो तथा हिमाल फे्रन्डस क्रिकेट क्लब र लुम्बिनी खुकुरी बीच दोस्रो खेल हुनेछ ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ५ : २७ बजे

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी