मुम्बई हमलाका मुख्य योजनाकार तहव्बुर राणालाई भारत ल्याइयो « Khabarhub

मुम्बई हमलाका मुख्य योजनाकार तहव्बुर राणालाई भारत ल्याइयो


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – भारतको मुम्बई हमलाका मुख्य योजनाकार तहव्बुर राणालाई भारत ल्याइएको छ । उनलाई अमेरिकाबाट लिएर आएको विशेष विमान बिहीबार साँझ दिल्लीको पालम विमानस्थलमा उत्रिएको हो ।

भारतीय मिडियाका अनुसार कडा सुरक्षामा एयरपोर्टबाट उनलाई राष्ट्रिय जाँच एजेन्सी (एनआईए)को मुख्यालय लगिँदैछ । जहाँ मेडिकल टोलीले कानूनी प्रक्रिया अनुसार उनको मेडिकल जाँच गर्नेछ।

अमेरिकाले उनलाइ भारत सुपुर्दगी गरिदिएको हो । केन्द्रीय मन्त्री पियुष गोयलले भने, ‘आजको दिन धेरै महत्त्वपूर्ण छ। सन् २००८ मा मुम्बईमा आतंकवादी हमला भएको थियो। हामीले त्यो हमलाका आरोपी तहव्वुर राणालाई भारत फिर्ता ल्याएका छौं। प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको निरन्तर प्रयासले यो सफल भएको हो।राणालाई भारतको कानुनबमोजिम कडा कारबाही गरिने छ र अहिंसाका साथसाथै हिंसा गर्नेलाई कारबाही गर्नु पनि उत्तिकै जरुरी छ ।’

उनीविरुद्ध मुम्बइमा आतंकवादी हमला गराउन मुख्य भूमिका खेलेको आरोप छ । भारतीय सञ्चारमाध्यमका अनुसार सम्भवतः उनलाई तिहाड जेलमा राखेर थप कारबाही गरिनेछ ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ८ : ५५ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन