‘मिस एण्ड मिस्टर’आइडल सिजन–२ को घोषणा « Khabarhub

‘मिस एण्ड मिस्टर’आइडल सिजन–२ को घोषणा


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पार्कल इन्टरटेन्मेन्टको आयोजनामा सञ्चालन हुन गइरहेको मिस एण्ड मि. आइडल सिजन २ को प्रशिक्षण कार्यक्रम बैशाख ६ गतेदेखि सुरु हुने भएको छ ।

आयोजकले आज काठमाडौंमा पत्रकार सम्मेलन गरि प्रतियोगितासम्बन्धी विस्तृत जानकारी सार्वजनिक गरेको हो । प्रतिभाशाली बालबालिकाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अगाडि ल्याउने लक्ष्यका साथ प्रतियोगिताको आयोजना गरिएको बताइएको छ ।

सन् २०१९ मा अवधारणा तयार गरी २०२० मा स्थापना भएको स्पार्कल इन्टरटेन्मेन्टले यसअघि २०२१ मा ‘मिस तथा मिसेस युनिभर्सल’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको छ । त्यसैको निरन्तरता स्वरूप यो वर्ष सिजन २ को आयोजना गरिएको आयोजनकले जनाएको छ ।

प्रतियोगितामा ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकाहरूले सहभागिता जनाउन सक्नेछन्। सहभागीहरूलाई उमेरका आधारमा तीन समूहमा विभाजन गरिएको छ – समुह ए (५–८ वर्ष), समुह बी (९–१२ वर्ष), र समूह सी (१३–१५ वर्ष)। समूह ए र बि का लागि शुल्क १० हजार तोकिएको छ भने समूह सी का लागि शुल्क १० हजार रुपैयाँ निर्धारण गरिएको छ। तर चैत २९ गतेभन्दा अगाडि आवेदन दिने सहभागीहरूलाई विशेष छुट दिइने आयोजकले जनाएको छ ।

प्रतियोगिताको प्रशिक्षण कार्यक्रम बैशाख ६ गतेदेखि प्रत्येक शनिबार त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा हुनेछ। फाइनल कार्यक्रम जेठ ३ गतेका लागि तोकिएको छ। प्रतियोगितामा ट्यालेन्ट शो, ब्यूटी शो, तीनवटा फोटोषुट, १५–१९ सेकेन्डको भिडियो प्रस्तुति, तथा आयोजकबाट प्रदान गरिने टि–शर्ट समावेश गरिनेछ। अन्य आवश्यक पोशाक भने सहभागीले आफैंले ल्याउनु पर्नेछ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  १० : २० बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन