वन क्षेत्रको संरक्षण बढाएका छौँ, सालघारी फँडानी रोकिने छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिक वन व्यवस्थापनका नाममा सालघारीको फँडानीलाई कडाइका साथ रोकिने बताएका छन् ।
वन तथा वातावरण मन्त्रालयद्वारा आज आयोजित दोस्रो राष्ट्रिय वन सम्वर्द्धन गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशको सालघारी प्रकृतिको अनुपम उदाहरण भएको र पानी पार्नका लागि यस्ता अग्ला रूखहरूको महत्व हुने भएकाले उमेर नपुगेसम्म साललाई व्यावसायिक उपयोगमा लान नहुने बताए।

‘हरियो वन नेपालको धन’को नारा पुरानै भए पनि धनको रुपमा वनको सदुपयोग भएको थिएन तर अहिले हामीले एउटा संकल्प लिएका छौँ, वनको विनाश हुन नदिएर सौर्यमण्डलको सार्थकताका लागि वन संरक्षण गरेर कसरी उपयोग गर्न सकिन्छ भनेर लागेका छौँ’, ओलीले भने, “वन क्षेत्रको संरक्षण हामीले बढाएका छौँ । अब यसको विस्तारमा भन्दा उत्पादनमा जानुपर्छ । वनको व्यावसायिक उपयोगका लागि हतार पनि नगर्ने र ढिलो पनि नगर्ने नीति लिनुपर्छ ।’
विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीले लिए शपथ
‘धार्मिक पर्यटन प्रवर्द्धनमा बद्रीनारायणधामको भूमिका महत्त्वपूर्ण’
चैत्र १५ को घटनामा पक्राउ परेकालाई रिहा गर्न माग
‘भाषा र संस्कृति संरक्षण गरी पुस्तान्तरण आवश्यक’
वनलाई आयआर्जनसँग जोड्नुपर्छ : मन्त्री शाही
गौतमबुद्धका दर्शनको उपयोग गर्न आवश्यक : सञ्चारमन्त्री
स्वतन्त्र प्रेस र सुसूचित नागरिक प्रजातन्त्रका पहरेदार : परराष्ट्रमन्त्री
उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छ : मन्त्री सिंह
सहज रुपमा व्यवसाय गर्ने वातावरण बनाउन सरकार गम्भीर : अर्थमन्त्री
सङ्घीय व्यवस्थाअनुसार मानसिकता बदल्न आवश्यक : नेता सिटौला
पाँचथर पुगेर प्रचण्डले भने : मध्यपहाडी लोकमार्गको प्रस्तावक हामी हौँ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यपहाडी लोकमार्गको प्रस्तावक आफूहरू नै रहेको बताएका छन् ।
माओवादी पाँचथर जिल्ला समन्वय समितिद्वारा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।

उनले देशका विभिन्न भौगोलिक क्षेत्रलाई आपसमा जोड्ने मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, र देशभरका उत्तर–दक्षिण करिडोर जस्ता पूर्वाधार विकासका अभियानहरू माओवादी नेतृत्वको सरकारका पालामा सुरु गरिएको उनले उल्लेख गरे।
भर्खरै सम्पन्न ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ पार्टीको मात्रै नभई जनताको अभियान बनेको निष्कर्ष पार्टीले निकाले उल्लेख गर्दै, केही दिनमै सुरु हुने औपचारिक चरण बैतडीबाट भए पनि पाँचथरको यो कार्यक्रम सोही अभियानको पूर्वसञ्चार भएको उनले स्पष्ट पारे।
ओलीले व्यवस्थाको बदनाम गर्दा प्रतिगामी हौसिए : वर्षमान पुन
प्रदीप नेपालको देहावसानले अपूरणीय क्षति : नेकपा (मसाल)
व्यावसायिक योजनाबिनै दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल बनाइयो : अध्यक्ष लिङ्देन
पूर्वाधार निर्माणमा पर्यावरणको मापदण्ड पालना गरौँ : अध्यक्ष दाहाल
‘तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य हो’
आतंकवाद, अराजकता र निरङ्कुशता लोकतन्त्रका शत्रु हुन् : मन्त्री गुरुङ
कम्युनिष्ट आन्दोलन निष्ठातर्फ अघि बढाउन चुनौति : प्रचण्ड
विश्लेषणको आधारमा मुलुकलाई अघि बढाउन आवश्यक : सभामुख
पाकिस्तानमा अध्ययनरत विद्यार्थीसँग सम्पर्कमा छौँ : परराष्ट्र
टीआरसी छनोट प्रक्रिया खारेजीको माग गर्दै प्रदर्शन
टीआरसी छनोट प्रक्रिया खारेज गरी नयाँ सिफारिस प्रक्रिया थाल्न माग गर्दै द्वन्द्व पीडित समुदायले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

टीआरसी छनोट प्रक्रिया खारेज गर्दै तत्काल पीडित समुदायको अर्थपूर्ण परामर्श र अपनत्व सुनिश्चित गरी नयाँ सिफारिस प्रक्रिया थाल्न माग गर्दै उनीहरूले शनिबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । उनीहरूले आम द्वन्द्व पीडित समुदायलाई पूर्णत उपेक्षा गरी अपारदर्शी, देखावटी र भागबन्डाका आधारमा टीआरसी छनोट प्रक्रिया अघि बढाइएको भन्दै आपत्ति जनाएका छन् ।
कर्णालीमा बेपत्ता दुई जनाको खोजी गर्न गोताखोर परिचालन
कृषि क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्न माग
शुक्लाफाँटामा १० शय्याको नगर अस्पताल अन्तिम चरणमा
उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण
६ महिनापछि घर फर्किए टिङ्करवासी
बागलुङको बडिगाड र मालारानी जोड्ने पुल निर्माण
तीन दिनदेखि जारी तनाव कम गर्दै अन्ततः अमेरिकी मध्यस्थतामा भारत र पाकिस्तानबीच युद्धविराम
तीन दिनदेखिको तनाव कम गर्दै अन्ततः भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका छन् । अमेरिकाको मध्यस्थतामा दक्षिण एशियाका दुई मुलुक युद्धविरामका लागि सहमत भएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको घोषणा गरेका हुन् । सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले दुई मुलुक तत्काल पूर्ण युद्धविराम गर्न तयार भएको घोषणा गरेका हुन् । उनले राति भएको लामो वार्तापछि दुई मुलुक युद्धविरामका लागि सहमत भएको जनाएका छन् ।

सामाजिक सञ्जाल ट्रुथ सोसलमा राष्ट्रपति ट्रम्पले लेखेका छन्, ‘अमेरिकाको मध्यस्थतामा राति लामो वार्तापछि भारत र पाकिस्तान तत्काल र पूर्ण युद्धविराम गर्न सहमत भएको घोषणा गर्दा मलाई खुशी मिलेको छ ।’
भारत र पाकिस्तान दुबै मुलुकले युद्धविरामको पुष्टि गरेका छन् । पाकिस्तानसँग युद्धविराम गर्न सहमत भएको भारतीय पक्षले पनि पुष्टि गरेको छ । भारतीय विदेश सचिव विक्रम मिश्रीले यसबारे जानकारी दिएका हुन् । उनले भारतीय समयअनुसार शनिबार बेलुकी ५ बजेबाट लागू हुनेगरी युद्धविराम गर्न सहमत भएको जानकारी दिएका हुन् ।
उनले जमिन, आकाश र समुद्रमा सबै किसिमका लडाईँ र सैन्य गतिविधि रोकिने जानकारी दिए । उनले दुबै पक्षलाई यसबारे जानकारी दिइएको पनि उल्लेख गरे ।
भारतीय विदेशमन्त्री एस जयशंकरले पनि भारत र पाकिस्तान गोली हानाहान गर्न र सैन्य कारवाही रोक्ने विषयमा सहमत भएको जानकारी दिएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै जयशंकरले भारत सबै किसिमका आतंकवादको सदैव विपक्षमा रहेको उल्लेख गर्दै भविष्यमा पनि यसलाई निरन्तरता दिने जनाएका छन् ।
तटस्थ स्थानमा वार्ता गर्न भारत र पाकिस्तान तयार : विदेशमन्त्री रुबियो
भारतले पनि गर्यो पाकिस्तानबीच युद्धविरामको पुष्टि
आणविक युद्ध भइहाले ज्यान जोगाउन के गर्ने ?
आइन्दा आतंककारी आक्रमण भए युद्ध मानेर जवाफ दिइनेछ : भारत
भारतले भन्यो- एस ४०० हवाइ प्रतिरोधी प्रणाली ध्वस्त पारेको पाकिस्तानी दाबी झूठो
द्वन्द्वका कारण भारतका दर्जनौं विमानस्थल बन्द
क्यानडाको श्रम बजार सुस्त, बेरोजगारी दरमा निरन्तर वृद्धि
यी हुन् भारतीय कारवाहीमा मारिएका पाँच ‘वरिष्ठ’ आतंककारी, अन्त्येष्टिमा पाकिस्तानी सैनिक पनि उपस्थित
तत्काल आणविक हतियार प्रयोग गर्दैनौँ : पाकिस्तान
पाकिस्तानका सैन्य अड्डामै हवाई हमला गरेको भारतको दाबी
पाकिस्तानले हाइस्पीड मिसाइल दाग्यो : भारत
इरान-अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण ओमानमा हुने
युरोपेली शीर्ष नेताहरूको संयुक्त भ्रमण : युक्रेनप्रति गहिरो ऐक्यबद्धता प्रकट
प्रतिक्रिया