क्रोएसियाको पहिलो दुई खेलमा १२ गोल « Khabarhub

क्रोएसियाको पहिलो दुई खेलमा १२ गोल


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


780
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप फुटबल छनोट अन्तरगत युरोपेली देशको आइतबार राति भएको समूह क्रोएसियाले चेक गणतन्त्रलाई ५-१ ले हराएको छ।

समूह एलमा रहेको क्रोएसियाले विश्वकप छनोटको सुरुवाती दुई खेलमा १२ गोल गरेको छ। पहिलो खेलमा सो टोलीले जिब्राल्टरलाई ७-० ले हराएको हो।

सो खेलको ४२ औँ मिनेटमा क्रोएसियाका आन्द्रे क्रामारिकले गोल गरे। ५८ औँ मिनेटमा टोमास साउसेमले नजिकैको दुरीबाट गोल गर्दै चेकलाई खेलमा फर्काएका थिए।

त्यसपछि १३ मिनेटको अन्तरमा चार गोल गर्दै क्रोएसियाले सानदार सफलता पाएको हो। ६२ औँ मिनेटमा लुका मोड्रिकको पेनाल्टी गोलमा अग्रता लिएको टोलीका लागि ६८ औँ मिनेटमा इभान पेरिसिक तथा ७२ औँ मिनेटमा आन्द्रे बुडिमिरले गोल गरे। अन्तिम गोल क्रामारिकले नै गरे।

सोही समूहको अर्को खेलमा फारो आइजल्यान्डले जिब्राल्टरलाई २-१ ले हरायो। ज्रिबाल्टरले २३ औँ मिनेटमा स्कालटनको गोलमा अग्रता लिएको थियो। फारो आइजल्यान्डका लागि दोस्रो हाफमा फ्रेडिक्सबर्ग र जोनान्सेनले गोल गरे।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ८ : ०५ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष