राससको फोटो प्रदर्शनी हेर्न पुगे आरआरका विद्यार्थीहरू « Khabarhub

राससको फोटो प्रदर्शनी हेर्न पुगे आरआरका विद्यार्थीहरू


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)को स्नातक तहमा पत्रकारिता विषयमा अध्ययनरत विद्यार्थीहरुले मंगलबार राष्ट्रिय समाचार समिति (रासस)को फोटो प्रदर्शनी अवलोकन गरेका छन् । 

उनीहरूले (रासस)द्वारा आयोजित ‘पर्वतीय पर्यटनः हाम्रो शान हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको अवलोकन गरेका हुन्।

अठारौँ गणतन्त्र दिवसका अवसरमा आयोजित प्रदर्शनीमार्फत विद्यार्थीलाई कक्षा कोठादेखि समाचार कक्षसम्म जोडनका लागि सहयोग पुग्ने रत्नराज्यलक्ष्मी क्याम्पसका सहायक प्राध्यापक शान्तराम बिडारीले बताए।

राससका प्रधान सम्पादक उत्तम सिलवालले विद्यार्थीहरूलाई राससबारे जानकारी गराउँदै फोटो प्रदर्शनीसँगै राससको सङ्ग्रहालय, समाचार सङ्कलन र सम्पादन कक्षको अवलोकन गराएका थिए । त्यस्तै अध्यक्ष धर्मेन्द्र झाले विद्यार्थीहरूलाई समितिको भवन भित्र रहेको सङ्ग्रहालय देखाउँदै त्यहाँ रहेको प्राविधिक सामाग्रीहरूको बारेमा जानकारी गराएका थिए ।

साथै फोटो कार्यक्रम र रासससँग सम्बन्धित पुस्तकहरू राससद्धारा क्याम्पसलाई हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ५ : २४ बजे

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि