अर्थसंक्षेप : १० महिनामा आयो साढे १३ खर्ब रेमिट्यान्स, २५ खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति र नेप्सेमा फर्कियो रौनक « Khabarhub

अर्थसंक्षेप : १० महिनामा आयो साढे १३ खर्ब रेमिट्यान्स, २५ खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति र नेप्सेमा फर्कियो रौनक


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

अर्थतन्त्र सुधार्न सरकार निरन्तर लागिरहेको छ : अर्थमन्त्री पौडेल

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार निरन्तर लागिरहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले आफू मन्त्रालयको जिम्मेवारीमा आएपछि अर्थतन्त्रमा देखिएका चुनौतीलाई चिन्ने र समाधान खोज्ने काममा निरन्तर लागेको बताए ।

मुलुकको अर्थतन्त्रको सन्दर्भमा अर्थतन्त्र समस्या वा दबाबमा रहेको मनोविज्ञान प्रकट हुने गरेको भन्दै उनले जिम्मेवार निकायमा बसेकाहरूले समस्याको वर्णन नभई समस्या समाधानका लागि सार्थक पहल गर्नुपर्ने धारणा राखे ।

अर्थमन्त्री पौडेलले अहिलेको बजेट आर्थिक सुधारको अन्तिम किस्ता नभएकाले सुधारका कामहरू निरन्तर अघि बढ्ने स्पष्ट पारे ।

बजेटमा अदालतको अवहेलनासम्बन्धी रिटको पेसी न्यायाधीशद्वय श्रेष्ठ र पाण्डेयको इजलासमा

गण्डकीमा नीति, कार्यक्रम र बजेटको तालमेल नमिल्दा विकासले लय लिन सकेन

नेप्सेमा फर्कियो रौनक, बजार २५ अंकले बढ्यो

मंगलबार शेयर बजारमा रौनक फर्किएको छ । मंगलबार एकै दिने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५ अंकले बढेर २६७८.१७ विन्दुमा पुगेको छ ।

मंगलबार नेप्से ०.९४ प्रतिशतले बढेसँगै कारोबार पनि बढेको छ । आज १० अर्ब १६ करोड ९ लाख ८१ हजार रुपैयाँ बराबरको २ करोड ३६ लाख ९७ हजार १४५ कित्ता शेयर कारोबार भएको छ ।

दिनभरमा १९६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ५२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन ।

प्रबन्धक मानन्धर तोकिए नेपाल टेलिकमको प्रवक्ता 

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि 

छाडा चौपाया व्यवस्थापन केन्द्रमा बजेट अभाव

१० महिनामा आयो साढे १३ खर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति २५ खर्ब नाघ्यो

चालु आर्थिक वर्षको १० महिना अवधिमा नेपालमा साढे १३ खर्ब बढी रेमिट्यान्स आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ को दश महिनामा विप्रेषण आप्रवाह १३.२ प्रतिशतले वृद्धि भई १३५६ अर्ब ६१ करोड पुगेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.९ प्रतिशतले बढेको थियो । २०८२ वैशाख महिनामा विप्रेषण आप्रवाह १६५ अर्ब ३० करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह ११५ अर्ब ९९ करोड रहेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले वृद्धि भई ९ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १४७९ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १३०१ अर्ब ७५ करोड रहेको थियो ।

वार्षिक उपभोक्ता मुद्रास्फीति २.७७ प्रतिशत

१० महिनामा ५८ अर्ब ४३ करोड बराबरको शेयर नेप्सेमा सूचीकृत

नेपाल र साउदीबीच श्रमिक लैजानेसम्बन्धी सम्झौता

जुत्ताचप्पल व्यवसायमा आत्मनिर्भर बन्दै महिला

बुटवल उपमहानगरपालिकाले गत वर्षदेखि महिलाहरूलाई सञ्चालन गरेको उद्यमशीलता तालिमले स्वरोजगार बन्न सहयोग पुगेको छ । लुम्बिनी प्रदेशमा दुर्गम क्षेत्र एवं गाउँसँग जोडिएको विकसित शहरका रुपमा उपमहानगरपालिकाले प्रदान गरेको तालिमले महिलाहरूलाई आयआर्जनमा महत्वपूर्ण सहयोग पुगेको छ ।

उपमहानगरपालिकाले सञ्चालन गरेको जुत्ताचप्पल तालिमले महिलाहरूले साना उद्योग एवं व्यवसाय सञ्चालन गरी घरपरिवारको आयआर्जनका साथै यस क्षेत्रमा आर्थिक चलायमान गराउन सहयोग पुगेको छ । तालिमबाट प्राप्त सीपले धेरै महिला जुत्ताचप्पल व्यवसायबाट आत्मनिर्भर बन्न सकेका छन् ।

भेरीमा २७० मेगावाटको अर्धजलाशययुक्त आयोजना निर्माण गरिने

व्यवसायिक चिराइतो खेतीबाट १२ लाखसम्म आम्दानी

‘अर्थ’को प्रतिवेदन : ‘स्वास्थ्य’को बजेट खर्च ५६ प्रतिशत, अस्पताल निर्माणदेखि आरोग्य समूह गठनसम्मका प्रगति

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ७ : ०३ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र