नेपालको निराशाजनक प्रदर्शन, पहिलो पटक लाओससँग पराजित « Khabarhub

नेपालको निराशाजनक प्रदर्शन, पहिलो पटक लाओससँग पराजित


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालले पहिलो पटक लाओससँग हार ब्यहोर्नु परेको छ । एएफसी एसियन कप २०२७ छनोटअन्तर्गत मंगलबार भएको खेलमा नेपाल घरेलु टोली लाओससँग २–१ गोलअन्तरले पराजित भएको हो।

१९ औं एसियन कपको छनोट चरणमा नेपालको लगातार दोस्रो हार हो। यसअघि नेपालले मलेसियासँग २–० को हार भोगेको थियो ।

लाओसको भिएन्तियानस्थित नेशनल स्टेडियममा भएको खेलमा घरेलु टोलीले खेलको १३औं मिनेटमै अग्रता बनायो।

कर्नरबाट आएको बलमा अनाउसोने छापान्याको हेडरले जाली चुमाउँदै लाओसलाई १–० ले अगाडि बढायो। पहिलो हाफसम्म नेपालले बराबरी गोल फर्काउन नसक्दा लाओसले अग्रता कायम राख्यो।

दोस्रो हाफ सुरू भएको केही मिनेटमै लाओसले फेरि गोल गर्दै अग्रता दोब्बर बनायो। ४९औं मिनेटमा पिटर फान्थाभोङ्गले गोल गर्दै स्कोर २–० बनाएका थिए ।

७१औं मिनेटमा नेपालले पाएको पेनाल्टीमा मनिष डाँगीले गोल गरेर गोल अन्तर घटाए। लाओसका खेलाडीले डाँगीलाई बक्सभित्र फाउल गरेपछि रेफ्रीले पेनाल्टीको संकेत गरेका थिए।

बाँकी समयमा नेपालले बराबरी गोल गर्न सकेन र २–१ को हार बेहोर्न बाध्य भयो। यस खेलमा सृजन गौतमले राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन्। उनी दोस्रो हाफमा योगेश गुरुङको स्थानमा मैदान प्रवेश गरेका थिए।

यो नेपाल र लाओसबीचको सातौं भेट हो। यसअघि नेपालले ३ खेल जित्दा ३ खेल बराबरीमा सकिएको थियो। यसरी लाओसले पहिलो पटक नेपाललाई हराउन सफल भएको हो।

लाओससँगको खेलअघि नेपालले हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको थियो। प्रशिक्षक म्याट रसको प्रशिक्षणमा यो चौथो खेल हो।
यसअघि नेपालले सिंगापुरलाई हराएको थियो भने मलेसियासँग हार र हङकङसँग बराबरी खेलेको थियो। नेपाल रहेको समूहमा लाओस, मलेसिया र भियतनाम छन्।

वरियताका आधारमा भियतनाम र मलेसिया बलिया प्रतिद्वन्द्वी मानिन्छन्। समूहका सबै टोलीले होम एन्ड अवे प्रणालीअनुसार ६ खेल खेल्नेछन्। समूह विजेताले सन् २०२७ मा साउदी अरेबियामा हुने १९ औं एसियन कप खेल्नेछ ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ७ : ५९ बजे

अर्थमन्त्री वाग्लेले दिए आफूमाथि प्रश्न उठाउनेको काण्ड छानबिन गर्ने धम्की

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिपक्षतर्फ इसारा गर्दै आफूमाथि करको

रास्वपाकै सांसद अमरेशको टिप्पणी : यो आफैँमा फुलेको बेलुन हो, लामो समय टिक्दैन

काठमाडौं–  सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार

डाँका चोरी मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

काठमाडौं– डाँका चोरी मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई बुधबार प्रहरीले पक्राउ

भन्सार छलेर ल्याइएका छ लाख बराबरका सामान बरामद

इनरुवा– सुनसरी जिल्ला विभिन्न स्थानबाट प्रहरीले भन्सार छली अवैध रूपमा

वाल्मीकि विद्यापीठको नक्कली पत्रबाट ८ विदेशीलाई अध्ययन भिसा, दुईजना पक्राउ

काठमाडौं– वाल्मिकी विद्यापीठको नक्कली पत्र प्रयोग गरी आठ विदेशी नागरिकले