नेपालको निराशाजनक प्रदर्शन, पहिलो पटक लाओससँग पराजित « Khabarhub

नेपालको निराशाजनक प्रदर्शन, पहिलो पटक लाओससँग पराजित


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालले पहिलो पटक लाओससँग हार ब्यहोर्नु परेको छ । एएफसी एसियन कप २०२७ छनोटअन्तर्गत मंगलबार भएको खेलमा नेपाल घरेलु टोली लाओससँग २–१ गोलअन्तरले पराजित भएको हो।

१९ औं एसियन कपको छनोट चरणमा नेपालको लगातार दोस्रो हार हो। यसअघि नेपालले मलेसियासँग २–० को हार भोगेको थियो ।

लाओसको भिएन्तियानस्थित नेशनल स्टेडियममा भएको खेलमा घरेलु टोलीले खेलको १३औं मिनेटमै अग्रता बनायो।

कर्नरबाट आएको बलमा अनाउसोने छापान्याको हेडरले जाली चुमाउँदै लाओसलाई १–० ले अगाडि बढायो। पहिलो हाफसम्म नेपालले बराबरी गोल फर्काउन नसक्दा लाओसले अग्रता कायम राख्यो।

दोस्रो हाफ सुरू भएको केही मिनेटमै लाओसले फेरि गोल गर्दै अग्रता दोब्बर बनायो। ४९औं मिनेटमा पिटर फान्थाभोङ्गले गोल गर्दै स्कोर २–० बनाएका थिए ।

७१औं मिनेटमा नेपालले पाएको पेनाल्टीमा मनिष डाँगीले गोल गरेर गोल अन्तर घटाए। लाओसका खेलाडीले डाँगीलाई बक्सभित्र फाउल गरेपछि रेफ्रीले पेनाल्टीको संकेत गरेका थिए।

बाँकी समयमा नेपालले बराबरी गोल गर्न सकेन र २–१ को हार बेहोर्न बाध्य भयो। यस खेलमा सृजन गौतमले राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन्। उनी दोस्रो हाफमा योगेश गुरुङको स्थानमा मैदान प्रवेश गरेका थिए।

यो नेपाल र लाओसबीचको सातौं भेट हो। यसअघि नेपालले ३ खेल जित्दा ३ खेल बराबरीमा सकिएको थियो। यसरी लाओसले पहिलो पटक नेपाललाई हराउन सफल भएको हो।

लाओससँगको खेलअघि नेपालले हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको थियो। प्रशिक्षक म्याट रसको प्रशिक्षणमा यो चौथो खेल हो।
यसअघि नेपालले सिंगापुरलाई हराएको थियो भने मलेसियासँग हार र हङकङसँग बराबरी खेलेको थियो। नेपाल रहेको समूहमा लाओस, मलेसिया र भियतनाम छन्।

वरियताका आधारमा भियतनाम र मलेसिया बलिया प्रतिद्वन्द्वी मानिन्छन्। समूहका सबै टोलीले होम एन्ड अवे प्रणालीअनुसार ६ खेल खेल्नेछन्। समूह विजेताले सन् २०२७ मा साउदी अरेबियामा हुने १९ औं एसियन कप खेल्नेछ ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ७ : ५९ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने