कोलम्बियामा सात विस्फोट, एक जनाको मृत्यु | Khabarhub Khabarhub

कोलम्बियामा सात विस्फोट, एक जनाको मृत्यु


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – कोलम्बियाको दक्षिणपश्चिम क्षेत्रमा आज मंगलबार भएका श्रृंखलाबद्ध विस्फोटहरूले कम्तीमा एक जनाको ज्यान गएको तथा थुप्रै भवनहरूमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार काली शहर तथा कोरिन्टो, एल बोर्डो र जमुन्डी नगरहरूमा गरी जम्मा सात वटा विस्फोट भएका छन्, जसमा चारवटा सवारी साधनमा राखिएको विस्फोटक र तीन अन्य ठाउँमा राखिएका उपकरणहरू प्रयोग गरिएको थियो । विस्फोटका कारण भवनहरू भत्किएका, पसलहरू ध्वस्त भएका र छरपस्ट भएको विवरण प्राप्त भएको छ ।

कोरिन्टो नगरमा, समाचार संस्था एएफपीका एक पत्रकारले नगरपालिका भवन नजिकै विस्फोट भएको सवारी साधनको जलेको र बिग्रिएको अवस्था देखेका थिए। सो भवन गम्भीर रूपमा क्षतिग्रस्त भएको जनाइएको छ ।

हालसम्म उक्त विस्फोट कसले गराएको भन्ने बारेमा यकिन विवरण सार्वजनिक नभए पनि यस क्षेत्रमा पहिलेका विद्रोही समूहका अलग समूहहरू सक्रिय रहेका कारण उनीहरूकै संलग्नता हुन सक्ने आशंका गरिएको छ ।

केही दिनअघि राजधानी बोगोटामा एक राष्ट्रपतिको उम्मेदवारमाथि भएको ज्यान लिने प्रयासपछि देशभरि नै असुरक्षा र चिन्ता फैलिएको अवस्थामा यी विस्फोटहरू भएका हुन् ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  १० : १३ बजे

ऐतिहासिक रजत विजेता सुनमाया स्वदेश फिर्ता

काठमाडौं- ऐतिहासिक रजत विजेता खेलाडी सुनमाया बुढा स्वदेश फर्किएकी छिन्

हुँदैन मासुजन्य पशुपन्छीको परीक्षण

ढोरपाटन- बागलुङमा हरेक वर्ष चाडपर्वका अवसरमा ठूलो परिमाणमा मासुका लागि

नेपालले वेस्ट इन्डिजलाई दियो १ सय २३ रनको लक्ष्य

काठमाडौं- वेस्ट इन्डिजविरुद्धको युनिटी कप टी २० आई सिरिजअन्तर्गत तेस्रो

काठमाडौं उपत्यका छाड्नेको सङ्ख्या पाँच लाखभन्दा बढी

काठमाडौं- दशैं मनाउनका लागि काठमाडौं उपत्यकाबाट गाउँ फर्किनेको सङ्ख्या बढ्दै

मनाइयो महाअष्टमी

काठमाडौं- बडादशैंको नवौँ दिन महाकाली, महालक्ष्मी र महासरस्वती देवीको विधिपूर्वक