सातवटा पुल बगाउँदा डेढ करोड बढीको क्षति | Khabarhub Khabarhub

सातवटा पुल बगाउँदा डेढ करोड बढीको क्षति


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पु¥याएको क्षतिको प्रारम्भिक विवरण संकलन सुरु भएको छ ।

लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत विकास केसी, गाउँपालिकाका प्राविधिक टोली, पाँचवटै वडाका वडाध्यक्ष तथा सदस्यलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा प्रतिनिधिहरूले संयुक्त रूपमा बाढीले त्यहाँ पुर्‍याएकाे क्षति यकिन गर्न बुधबार अनुगमन गरेका छन् ।

बाढीले तीनवटा पक्की पुलसहित गाउँपालिकाको शाखा सडकमा कुल सातवटा पुलमा क्षति पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केसीले जानकारी दिए । उनले यसबाट डेढ करोडभन्दा बढी नोक्सान भएको अनुमान गरिएको बताए ।

प्रमुख प्रशासकीय अधिकृत केसीका अनुसार मङ्गलबार साँझ लोमान्थाङ—४ चुम्जुङस्थित छुआमा खोलाको बाढीले आर्का—भार्सा जोड्ने पक्की पुलसहित तीनवटा पक्की मोटरेबल पुल, एक फलामे पुल र तीनवटा काठेपुलमा पूर्ण क्षति गरेको छ । बाढीले सडक पुलहरूमा क्षति पुगे पनि मानवीय तथा पशुचौपायामा कुनै क्षति नभएको जनाइएको छ ।

अध्यक्ष गुरुङले लोमान्थाङ गाउँपालिकाभित्रको रिङरोड सडक र अन्य शाखा सडक जोड्ने पक्की पुल र अस्थायी पुलमा क्षति पुगेको बताए । बाढीले पुलहरुमा क्षति पुगेपछि रिङरोड सडकको सवारी आवागमन अवरुद्ध रहेको उनले जानकारी दिए ।

उपल्लो मुस्ताङको लोमान्थाङ–४ स्थित चुम्जुङ गाउँ नजिकैको छुआमा खोलामा अकल्पनीय बाढी हिमताल फुटेका कारण आएको हुनसक्ने आशङ्का गरिएको छ ।

पानी नै नपर्ने भनेर चिनिएको हिमाली जिल्ला मुस्ताङमा बाढी आउँदाको समय त्यस क्षेत्रमा वर्षा नभएको लोमान्थाङ गाउँपालिका अध्यक्ष गुरुङले बताए ।

लोमान्थाङ—२ छोसेरस्थित नेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट (बीओपी)का सशस्त्र प्रहरी निरीक्षक विष्णुहरि थापाले बाढी आउनुका कारण पत्ता लगाउन गएको टोली चुम्जुङबाट फर्किएको जानकारी दिए ।

चुम्जुङस्थित छुआमा खोलाको मुहान भएको लेकमा हिमतालहरू रहेको यार्सा सङ्कलन गर्नेहरूले बताएको उनको भनाइ छ । ‘यहाँ बाढी आउनुको मुख्य कारण हिमपात नै फुटेर हो कि भन्ने हाम्रो अनुमान छ, बाढी आउँदा मुहानको लेकमा पानी परेको थियो भनेर जानकारी आइसकेको छैन’, उनले भने ।

यहाँको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उपल्लो मुस्ताङका शाखा नदीहरूको मुहानमा दर्जनौँ हिमताल रहेको जानकारी दिए । उनले जलवायु परिवर्तनका कारण जमिनको तापमान वृद्धि भइरहेकाले उच्चलेकमा रहेका हिमालका हिउँका ढिस्का खसेर हिमतालमा क्षति पु¥याउने सम्भावना रहेको उल्लेख गरे । (रासस)

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ६ : ३७ बजे

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति करिब ६० प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम

हमासले युद्धविराम प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग

एजेन्सी – इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव

आठ महिनामा जापानीज इन्सेफलाइटिस्‌बाट ६३ सङ्क्रमित, ११ जनाको मृत्यु

काठमाडौँ – जापानीज इन्सेफलाइटिस्‌बाट सन् २०२५ को हालसम्म ११ जनाको

काभ्रेको भुम्लुका दुई वडामा लालपूर्जा बाँड्न सुरु

काभ्रे –५० वर्षदेखि आफ्नो जग्गाको लालपूर्जाको प्रतिक्षामा रहेका काभ्रेको भुम्लु

एक वर्षमा मारिए ३८३ सहायताकर्मी, अन्तर्राष्ट्रिय उदासीनता ‘लज्जास्पद’

एजेन्सी – सन् २०२४ मा ३८३ जना सहायताकर्मीको मृत्यु भएको