कांग्रेस नेताहरूमाथिको कारबाही अवैधानिक र प्रतिशोधपूर्ण : कोइराला समूह | Khabarhub Khabarhub

कांग्रेस नेताहरूमाथिको कारबाही अवैधानिक र प्रतिशोधपूर्ण : कोइराला समूह


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा.  शेखर कोइराला समूहका नेताहरूको बैठकले पार्टी संस्थापनले गरेको अनुशासनको कारबाही प्रतिशोधपूर्ण भएको निष्कर्ष निकालेको छ ।

कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बिहीबार बिहान बसेको बैठकले बैठकले आनन्दप्रसाद ढुङ्गानाको संयोजकत्वमा रहेको केन्द्रीय अनुशासन समितिले गरेको कारबाहीको राजनीतिक प्रतिरोध गर्ने निर्णय गरेको हो ।

बैठकले कारबाहीमा परेका कसैलाई पनि अन्याय हुन नदिने र न्याय दिलाएरै छाड्ने प्रतिवद्धतासमेत जनाएको कोइरालाको सचिवालयले जनाएको छ ।

कोइराला समूहले बुधबार गरिएको कारबाहीलाई विधान विपरित र एकतर्फी भएको निष्कर्षसमेत निकालेको छ ।

बैठकले सभापति शेरबहादुर देउवालाई कारबाही प्रक्रिया अगाडि नबढाउन आग्रह गर्ने, राजनीतिकरूपमा कारबाहीको शसक्त प्रतिरोध गर्ने र कारबाही नमान्ने निर्णय गरेको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

बैठकमा उपसभापति धनराज गुरुङले सभापति देउवा, उपसभापतिहरू र महामन्त्रीहरूबीच अहिले अनुशासन समितिले उजुरीहरू नचलाउने विषयमा छलफल भएको ‘ब्रिफिङ’ गरेका थिए ।

उनले अनुशासन समितिका संयोजक  ढुङ्गानाले अनुशासन समितिमा छलफल नै नगरी बुधबार एक्कासि विज्ञप्ति निकालेर कारबाही गरेको बताए ।

बैठकमा उपसभापति गुरुङ, सहमहामन्त्री जीवन परियार, नेताहरू डा. मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसी, बलबहादुर केसी, अनुशासन समिति सदस्य सञ्जयकुमार गौतम, सरिता प्रसाइँलगायत काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरू सहभागी थिए ।

कांग्रेस अनुशासन समितिले बुधबार गण्डकीका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङ जिल्ला सभापति विष्णुकुमार राई, कास्कीका पूर्वसभापति कृष्ण केसीलगायतलाई तीन महिनादेखि एक वर्षसम्म पार्टीबाट निस्काशन गरेको थियो ।

यो पनि…
तेह्रथुममा ४९ वर्षपछि कांग्रेस जिताएका तुल्सी सुब्बालाई कारबाही

खोटाङ कांग्रेसका जिल्ला सभापति राई पार्टीबाट निष्कासित

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ११ : ४१ बजे

आफ्नो हकहितको लागि अदालत नगएको भन्दै सेबोनका कर्मचारीले मागे अध्यक्षको राजीनामा

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारीहरूले अध्यक्ष सन्तोषनारायण श्रेष्ठले कर्मचारीको

खगेन्द्र सुनारको गुनासो- मेरो चरित्र हत्या गर्ने काम भयो

काठमाडौं– दलित अभियन्ता खगेन्द्र सुनारले आफ्नो चरित्र हत्या गर्ने काम

‘विद्युत् प्राधिकरण र निजी क्षेत्रबीच वार्ता र संवादबाट समस्या समाधान गर्नुपर्छ’

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल विद्युत् प्राधिकरण र

सर्वोच्चले माग्यो ओली र लेखकको पासपाेर्ट रोक्का गर्नुको लिखित जवाफ

काठमाडौं– सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकलगायतको

बर्सातले खेतमै सड्न थाल्यो धान

भोजपुर– निरन्तरको वर्षाले भोजपुरका किसानको वर्षभरको मेहनत र पसिनामा क्षति