बाँझिएका बारीहरूमा उखुखेती, पाँच महिनामा एक करोडको कारोबार « Khabarhub

बाँझिएका बारीहरूमा उखुखेती, पाँच महिनामा एक करोडको कारोबार


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीको छत्रकोट गाउँपालिका –४ दिगामका कृषकले व्यावसायिक उखुखेती गरेर राम्रो आम्दानी लिइरहेका छन् । सिंचाइका अभावमा बाँझिएका बारीहरुमा यतिबेला उखुखेतीले ढपक्कै बनेका छन् । 

छत्रकोट –४, दिगामका कृषक रामकृष्ण न्यौपानेलाई यतिबेला त्यही उखुबाट निस्किएको रसबाट गुड र खुदो उत्पादन गरेर बिक्री गर्न भ्याइनभ्याई छ । बिहान उज्यालो हुनासाथ बेलुकी अबेरसम्म पनि उनको परिवार गुड र खुदो उत्पादन गर्नमा व्यस्त देखिन्छन्। 

गुड र खुदो बिक्री गरेर पाँच महिनाका अवधिमा न्यौपानेले झण्डै एक करोड रुपैयाँको कारोबार गरिसकेका छन् । गाउँबाट धेरै युवाहरू रोजगारीको खोजीमा भौतारी रहेको अवस्थामा छत्रकोट –४, दिगामका युवाहरू रामकृष्ण न्यौपाने, किरण न्यौपाने, जगदीश पाण्डे यतिबेला गाउँमै उखु खेतीमा रमाइरहेका हुन् । उनीहरु तीनै जनाले संयुक्त रुपमा एक करोडको योजना बनाएर आफ्नै लगानीमा गाउँमै तीन वर्षदेखि व्यावसायिक तरिकाबाट उखु उत्पादन गरेर उद्योग स्थापना गरेका छन् । त्यही उद्योगबाट यतिबेला गुड र खुदो उत्पादन गर्दै आएका छन् । 

उखुको रसबाट बनेको गुड र खुदो बिक्री गरेर तीन जना युवाहरू आर्थिक समृद्धिको खोजीमा जुट्न थालेका हुन्। उनीहरूले तीन सय रोपनी जग्गा भाडामा लिएर उखुखेती गर्न शुरु गरेका हुन् । गाउँमै उखु उद्योग स्थापना गरेर उनीहरूले उखुको रसलाई विविधिकरण गर्दै आएका छन् ।

आधुनिक मेसिनबाट पेलिएको उखुको रसलाई प्रशोधन गरि गुड र खुदोको ब्रान्डिङ गरिएको छ । उनीहरूले कम्पनी मार्फत गाउँका एक सय २५ भन्दा बढी किसानहरूको उखु खरिद गरेर खुदो र गुड उत्पादन गर्दै आएका छन् । 

कृषि ज्ञान केन्द्र गुल्मीले न्यौपानेलाई उखु प्रशोधनका लागि आधुनिक मेशिन र भट्टी निर्माणका लागि ६ लाख ४५ हजार अनुदान रकम उपलब्ध गराएको छ । उक्त अनुदान रकममा थप गरेर उनीहरूले १२ लाख भन्दा बढी लगानीमा उखु प्रशोधनका लागि मेशिन जडान गरेका छन् । 

उक्त मेसिनबाट प्रति घण्टा २५ क्विन्टल उखु पेल्न सक्ने क्षमता रहेको उद्योगका सञ्चालक रामकृष्ण न्यौपानेले बताए। कम्पनीमा उखुको रस प्रशोधन गरेर दैनिक खुदो र गुड बनाउने काम भैरहेकोले छ । यसरी बनाएको गुड प्रतिकिलो तीन सय रुपैयाँ र खुदो प्रतिलिटर एक सय ८०  रुपैयाँ मूल्य पर्दछ ।  

गाउँले ग्रुपको उद्योगमा हाल १५ जना व्यक्तिहरू प्रत्यक्ष रुपमा रोजगारीमा जोडिएका छन । गाउँमै उखुबाट समृद्धि खोज्न थालेका न्यौपानेले कम्पनी मार्फत पाँच महिनाको अवधिमा एक करोड मूल्य भन्दा बढीको गुड र खुदो बिक्री भैसकेको बताए । 

उनले भने, ‘बजारमा दिगामको गुड र खुदोको माग धेरै आउने गरेको छ, राम्रो गुणस्तरको भएर होला उपभोक्ताहरूले पनि खोजी खोजी लैजाने गर्नुहुन्छ, कहिलेकाहीँ काग धेरै भएको समयमा हामीलाई मागल पुराउन पनि धौधौ पर्दछ छ ।

कृषि ज्ञानकेन्द्र गुल्मीका बरिष्ट बालि संरक्षण अधिकृत प्रकाश मरासिनीले अनुसार यस वर्ष जिल्लामा पाँच करोड ७० लाख बराबरको गुडखुदो बिक्री भैसकेको बताए। जसअनुसार जिल्ला भित्र दुई करोड बराबरको खपत भएको छ भने तीन करोड ७० लाखको गुडखुदो बाहिर निर्यात भएको बताइएको छ।

जिल्लाको छत्रकोट र रुरुक्षेत्रमा एक सय ९६ हेक्टर क्षेत्रफलमा कृषकहरुले उखु खेती गर्दै आएका छन्। जिल्लामा यस वर्ष पाँच सय ९४ मेट्रिकटन भन्दा धेरै गुड र खुदो उत्पादन भएको छ । रुरुक्षेत्र र छत्रकोटमा कुल छ सय २५ घरधुरीका कृषकहरु व्यावसायिक रुपमा उखु खेतीमा जोडिएका छन्  । 

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  १२ : ५२ बजे

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक