बडीमालिकाको पुन: निर्माण, बन्यो पुरातात्त्विक कलासहितको मन्दिर  | Khabarhub Khabarhub

बडीमालिकाको पुन: निर्माण, बन्यो पुरातात्त्विक कलासहितको मन्दिर 


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

धनगढी– भूस्वर्ग बडीमालिका मन्दिरको पुननिर्माण गरिएको छ । सुदूरको स्वर्गकै उपमा पाएको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका मन्दिरको नेपाली सेनाले पुननिर्माण गरेको हो । पुरातात्त्विक चिनारी झल्किने गरी धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका मन्दिरको काम सकिएको नेपाली सेनाले बताएको छ ।

गत चैत २८ गतेदेखि सुरू भएको मन्दिरको पुनर्निर्माण असार २३ गते सकिएको हो । चार महिना लगातार नेपाली सेनाको टोली कामका लागि बडीमालिकामा खटिएको थियो । पुरातत्त्व विभागको स्वीकृत ड्रइङ डिजाइन तथा प्राविधिक सहयोग र त्रिवेणी नगरपालिकाको समन्वयमा निर्माण गरिएको हो । 

कला, शैली र शिल्पहरू नै परम्परागत रूपमा जडान गरेर मन्दिरको पुनर्निर्माण गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाले मन्दिरको पुनर्निर्माण भइरहँदा पनि भक्तजनहरूका लागि मन्दिर दर्शन गर्न खुला राखेको थियो । 

सेनाले बडीमालिकाको पुरानो भत्काएर नयाँ मन्दिर र हेलिप्याडसमेत निर्माण गरेको जनाएको छ । मन्दिर निर्माणका लागि भक्तपुर तथा ललितपुरका कालिगडहरू समेत लगिएको थियो ।

२०५० सालदेखि मन्दिर निर्माणका लागि पहल भए पनि विभिन्न समस्याले निर्माण हुन सकेको थिएन । अहिले भने नेपाली सेना आफैँले मन्दिर निर्माण गरेको हो । विगतमा पुरातत्त्व विभाग, संघीय सरकार, प्रदेश सकारले मन्दिर निर्माणका लागि पहल भए पनि निर्माण हुन सकेको थिएन ।

सरकारले मन्दिर निर्माणका लागि बजेट विनियोजन गरेको थियो । तर सामान ढुवानी र प्रतिकूल मौसमका कारण निर्माण हुन सकेको थिएन । यो पटक भने सेनाको सक्रियतामा निर्माण भएको जनाएको छ । बडीमालिका प्रत्येक वर्ष जनैपुर्णिमामा मेला तथा मुख्य पूजा हुने गर्छ । 

पुरानो भत्काएर नयाँ मन्दिर निर्माण, हवन कुण्ड र हेलिप्याड निर्माण भएको पुजारी मन्दिरका पुजारी नेत्र पाध्यायले बताए । 

मन्दिर करिब २ करोड लागतमा निर्माण गरिएको हो । मन्दिर निर्माणका लागि सेनाले बाजुराको सदरमुकाम मार्तडीबाट हेलिकप्टर मार्फत सामान ढुवानी गरेर मन्दिर निर्माण गरेको छ । 

सेनाले धार्मिक, ऐतिहासिक, पुरातात्त्विक क्षेत्रको संरक्षण अन्तर्गत मन्दिर निर्माण गरेको दाबी गरेको छ । मन्दिर निर्माणमा काठ, ढुङ्गा र माटो प्रयोग भएको छ । भने तराईको सालको काठ प्रयोग गरिएको छ । 

विगतका वर्षभन्दा अहिले धेरै आन्तरिक पर्यटकले दर्शन तथा बडीमालिका क्षेत्रको भ्रमण गरेका छन् । देशकै चर्चित धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको बडीमालिका समुद्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको छ । बडीमालिका सौन्दर्यका हिसाबले मात्रै नभई धार्मिक हिसाबले पनि महत्त्वपूर्ण मानिन्छ । नेपालका ४ धार्मिक धाममध्ये बडीमालिका एक धामका रूपमा परिचित छ ।

बडीमालिका क्षेत्रको धार्मिक मात्र नभई जैविक विविधता, वन्यजन्तु, जडीबुटी तथा वातावरणीय दृष्टिकोणले विशेष महत्त्व रहेको छ । पर्यटकीय सम्भावना बोकेका २२ पाटन, त्रिवेणी, नाटेश्वरी बडिमालिकाका धरोहरका रूपमा परिचित छन् । 

विगतमा पुरातत्त्व विभाग, संघीय सरकार, प्रदेश सकारले मन्दिर निर्माणका लागि पहल भए पनि निर्माण हुन सकेको थिएन । यसअघि ठेक्का लागिसकेर पनि काम हुन नसकेको पुजारी पाध्यायले बताए । सरकारले मन्दिर निर्माणका लागि बजेट विनियोजन गरेको थियो ।

सुन्दरताले भरिएको धर्तीको स्वर्ग

५ महिना हिउँ र ४ महिना कुहिरोले ढाक्ने प्रकृतिको अनुपम उपहार जस्तै लाग्छ बडीमालिका । अछाम, बझाङ्ग, डडेल्धुरा र डोटी तथा कर्णाली प्रदेशका कालीकोट, मुगु लगायतका जिल्लामा यो दृश्य नियाल्न सकिन्छ । 

स्थानीयले यस क्षेत्रको धार्मिक तीर्थ स्थलमा रूपमा चिन्ने गर्दछन् । ४ महिना हिउँले ढाक्ने गर्दछ । वर्षादका अरु महिना भेडा च्याङ्ग्रा, घोडा खच्चड र भैँसीहरुलाई चरिचरनमा प्रयोग हुन्छ ।

प्राकृतिक अनुपम सौन्दर्यताले भरिएको शक्ति पीठ बडीमालिका माईको दर्शन गर्नाले मनको इच्छा पुरा हुने विश्वास रहेको छ । 

सो क्षेत्रमा २२ वटा हरियाली फाँटहरू, दुई सय प्रजातिका रँगीचँगी, फूलहरू १ सय बढी जातीका बहुमूल्य जडीबुटीहरू, आश्चर्यजनक पौराणिक स्थलहरु, हरियाफाँटहरुको बीचबाट बग्ने आकर्षक नदीहरूको संगम स्थल त्रिवेणी क्षेत्र प्रमुख आकर्षण हुन् ।

बडीमालिकाको दर्शनपछि फर्किने सबै लुकेको स्वर्गको संज्ञा दिने गर्दछन् । शुद्ध आत्म भएका दर्शनार्थी मात्र पार गर्न सक्ने धर्मद्धार आस्थाको केन्द्र विन्दु जस्तै बनेको छ । 

बडीमालिका क्षेत्रमा हयिालीफाँटमा भेडा र घोडा खच्चडका बथानहरू वर्षादका चार महिनासम्म देख्न सकिन्छ । लोपोन्मुख प्रजातिका वन्यजन्तु तथा पशु पंक्षीहरु ९डाँफे, मुनाल, कस्तुरी, झारल आदि पनि भेटिन्छन् ।

पौराणिक समयमा राक्षस र भगवती बीच लडाई हुँदा बगेको रगतको अवशेष र राक्षसहरूलाई भगाएको स्थान सुरक्षित छ। यो दृश्य नियाल्न भारतको काशी, उत्तरा अञ्चलका विभिन्न क्षेत्रबाट आउने गरेका छन् । 

खेतबेती भन्ने स्थानमा धान रोप्नका लागि बनाएका गरा, धानको बीउ खेत जस्ताको तस्तै देखिने आश्चर्यजनक दृश्यले पनि दर्शनार्थीको मन लोभ्याउने गरेको छ ।

नि:सन्तानीलाई सन्तान, गरिबलाई धन, जस्तै मागेको वर पाइन्छ भन्ने धार्मिक विश्वास छ । यहीँ आकाङ्क्षा लिएर वर्षेनी ५० हजारले दर्शन गर्ने गरेका छन् । बडीमालिका क्षेत्रमा मार्तडीबाट तीन दिनमा पुग्नु पर्ने मान्यता छ ।

बीचमा भैँसी गोठ र पाल टाँगेर बस्नु पर्ने बाध्यता छ । त्रिवेणीमा पीतृकार्य पनि गरिन्छ । सो ठाउँमा कालीकोट र बाजुराले धर्मशाला निर्माण गरे पनि त्यो मासलाई धान्न सक्ने छैन । दर्शनार्थीको आवास र बसोबासका लागि कुनै व्यवस्था गरिएको छैन । 

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  १ : ५९ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं