बाढी र पहिरोले क्षतविक्षत रसुवागढी-स्याफ्रुबेँसी सडक (तस्बिरहरू) « Khabarhub

बाढी र पहिरोले क्षतविक्षत रसुवागढी-स्याफ्रुबेँसी सडक (तस्बिरहरू)


२६ असार २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

रसुवा- यही मंगलबार बिहान ३ बजे नेपाल-चीन सीमामा पर्ने लेन्देखोला (भोटेकोशी) मा आएको बाढीले रसुवाको स्याफ्रुबेँसी-टिमुरे सडक क्षतविक्षत बनाएको छ ।

बाढी र पहिरोको विध्वंशले यो सडक पूर्णरुपमा अवरुद्ध भएको छ । भोटेकोशी किनारको दर्जनौँ ठाउँमा गएको पहिरोका कारण सवारी साधन चलाउन सम्भव छैन । पैदल यात्रा गर्नसमेत चुनौतीपूर्ण छ ।

गोसाइँकुण्ड गाउँपालिका-३ लिङलिङमा सडक बाढीले बगाउँदा त्यस क्षेत्रमा जोखिम मोलेर यात्रा गर्नु पर्ने अवस्था छ ।

नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले ठाउँ ठाउँमा बाटो बनाउने काम गरेका छन् । तर सवारी साधनका लागि सडक कहिले खुल्छ भन्न सक्ने अवस्था छैन ।

नेपाल-चीन जोड्ने प्रमुख सडक अवरूद्ध हुँदा काठमाडौं उपत्यका प्रवेश गर्ने सयौँ मालबाहक सवारी साधन टिमुरेमै थन्किएका छन् ।

रसुवागढी नाका पनि बाढी र पहिरोले ध्वस्त हुँदा उत्तरी छिमेकी चीनसँगको व्यापार करिब ठप्प भएको छ । २०७२ को भूकम्पपछि सिन्धुपाल्चोकको तातोपानी नाकाको अवस्था अझै सुधार भएको छैन ।

तस्बिरहरू : प्रकाशचन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  ३ : १६ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६