गोल्डेन हस्पिटलद्वारा उपचारमा छुटको व्यवस्था « Khabarhub

गोल्डेन हस्पिटलद्वारा उपचारमा छुटको व्यवस्था


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

विराटनगर– गोल्डेन हस्पिटल विराटनगरले नेपाल सरकारको आमजनतालाई ‘सर्वसुलभ स्वास्थ्य सेवा’ उपलब्ध गराउने नीतिलाई सहयोग पुर्‍याउने गरी स्वास्थ्य उपचारमा छुटको व्यवस्था गर्ने भएको छ ।
 
निजी क्षेत्रद्वारा सञ्चालित सो अस्पतालले बिहीबार पत्रकार सम्मेलनमार्फत सस्तो र गुणस्तरीय सेवा प्रदान गरी सरकारी नीति तथा कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

सो अस्पतालका प्रबन्धनिर्देशक डा श्यामकुमार रौनियारले आमजनताको आयशक्ति घटिरहेको मुलुकको विद्यमान असहज परिस्थितिलाई दृष्टिगत गरी यथाशक्य छुटको व्यवस्थासहित सेवाग्राहीलाई राहत दिने प्रतिबद्धता व्यक्त गरे। उनले यसअघि लिइदैआएको सेवाशुल्कमा २५ देखि ५० प्रतिशतसम्म छुट दिन लागिएको स्पष्ट गरे।
 
 मातृ तथा शिशु मृत्युदर घटाउने, विशेषज्ञ चिकित्सकद्वारा सुरक्षित र भरपर्दो शल्यक्रिया सुनिश्चित गर्ने, पाँच वर्ष मुनिका बालबालिकालाई सघन उपचार बाहेकका सेवामा २५ प्रतिशत छुट दिने र ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई   ५० प्रतिशतसम्म छुट दिने व्यवस्था मिलाएको उक्त अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ५ : ११ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक

उद्योगीको गुनासो : अघोषित लोडसेडिङले उत्पादन नै रोकियो

विराटनगर – मोरङ उद्योग व्यापार सङ्घले आज एक प्रेस विज्ञप्ति

एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई

काठमाडौं – नेकपा एमालेको पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठन

देउवा समूहले बोलायो पूर्वपदाधिकारीको बैठक

काठमाडौं – नेपाली कांग्रेसको पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा निकट