गोल्डेन हस्पिटलद्वारा उपचारमा छुटको व्यवस्था | Khabarhub Khabarhub

गोल्डेन हस्पिटलद्वारा उपचारमा छुटको व्यवस्था


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

विराटनगर– गोल्डेन हस्पिटल विराटनगरले नेपाल सरकारको आमजनतालाई ‘सर्वसुलभ स्वास्थ्य सेवा’ उपलब्ध गराउने नीतिलाई सहयोग पुर्‍याउने गरी स्वास्थ्य उपचारमा छुटको व्यवस्था गर्ने भएको छ ।
 
निजी क्षेत्रद्वारा सञ्चालित सो अस्पतालले बिहीबार पत्रकार सम्मेलनमार्फत सस्तो र गुणस्तरीय सेवा प्रदान गरी सरकारी नीति तथा कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

सो अस्पतालका प्रबन्धनिर्देशक डा श्यामकुमार रौनियारले आमजनताको आयशक्ति घटिरहेको मुलुकको विद्यमान असहज परिस्थितिलाई दृष्टिगत गरी यथाशक्य छुटको व्यवस्थासहित सेवाग्राहीलाई राहत दिने प्रतिबद्धता व्यक्त गरे। उनले यसअघि लिइदैआएको सेवाशुल्कमा २५ देखि ५० प्रतिशतसम्म छुट दिन लागिएको स्पष्ट गरे।
 
 मातृ तथा शिशु मृत्युदर घटाउने, विशेषज्ञ चिकित्सकद्वारा सुरक्षित र भरपर्दो शल्यक्रिया सुनिश्चित गर्ने, पाँच वर्ष मुनिका बालबालिकालाई सघन उपचार बाहेकका सेवामा २५ प्रतिशत छुट दिने र ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई   ५० प्रतिशतसम्म छुट दिने व्यवस्था मिलाएको उक्त अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ५ : ११ बजे

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन

मान्म– पहिरोका कारण अवरुद्ध बनेको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।

काभ्रेको भुम्लुवासीले ५० वर्षपछि लालपुर्जा पाउने

काभ्रेपलाञ्चोक- जिल्लाको भुम्लु गाउँपालिकाको दुई वडामा पाँच दशक अघिदेखि विद्यामान लालपुर्जाको

प्रकाश र स्वस्तिमाको बोलचाल बन्दको ‘गसिप’ फिल्म प्रचारमा सदुपयोग

काठमाडौं – फिल्म क्षेत्रका सामान्य घटना हो- सहकर्मीबीच बोलचाल बन्द

पुरुषले १० पटक विर्यदान र महिलाले ६ पटकसम्म अण्डादान दान गर्न पाउने 

काठमाडौ– नि:सन्तान दम्पतीहरूलाई सन्तान सुख दिनका लागि नेपालमा लामो समयदेखि आईभीएफ

‘मैले एक पैसो घुस लिएको छैन, पैसा कमाउन राजनीति गर्ने होइन’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई पैसा कमाउने