साउन ७ गते पुष्पलालको जन्म दिवस मनाउने माओवादीको निर्णय « Khabarhub

साउन ७ गते पुष्पलालको जन्म दिवस मनाउने माओवादीको निर्णय


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले रसुवामा आएको बाढीमा परेकाको उद्धारका साथै राहत तथा पुनर्स्थापनाका लागि गम्भीरतापूर्वक काम गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको माओवादी पदाधिकारी बैठकले बाढीमा परि मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उद्धारका साथै राहत तथा पुनर्स्थापनाका लागि गम्भीरतापूर्वक काम गर्न सरकारको ध्यानाकर्षण गराएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

बैठकले प्राकृतिक प्रकोपका कारण भविष्यमा हुनसक्ने क्षतिहरूको पनि अहिले नै गम्भीर तयारी गर्न समेत माग गरेको उनले बताए । बैठकले साउनको ७ गते पुष्पलालको जन्म दिवस मनाउने निर्णय गरेको उनले जनकारी दिए  । 

त्यस्तै बैठकले आन्तरिक तथा संगठनात्मक विषयमा केही निर्णयहरू भएको प्रवक्ता सापकोटाले बताए ।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ७ : ०८ बजे

कांग्रेसले महाधिवेशन असोजमै, राष्ट्रिय सभागृहको हल बुकिङका लागि सरकारलाई पत्र

काठमाडौं- नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभागृहको प्रदर्शनी

ऋषि भन्छन् : ओली नेतृत्वको सरकारले हाम्रा होनहार युवाहरूलाई गोली हानेर हत्या गर्‍यो

काठमाडौं– पत्रकार ऋषि धमलाले जेन-जी आन्दोलनका क्रममा दमन गर्नेहरूमाथि तत्काल कारबाही

नेपाली भूमिमा भारतीय गाउँको नाम लेखिएको बोर्ड, सच्याउन माग

दार्चुला- दार्चुलाको महाकाली नगरपालिका–८ असिगडास्थित नेपाल–भारत जोड्ने मोटरेबल पुलको नेपालतर्फ

‘कार्की साइँला’मा भरियाको भूमिकामा जितु नेपाल

काठमाडौं – कलाकार जितु नेपाल शीर्ष भूमिकामा रहेको फिल्म ‘कार्की

इरान युद्धले बढायो अमेरिकी उपभोक्ताको इन्धन खर्च

एजेन्सी- इरान युद्ध र महत्वपूर्ण समुद्री मार्गबाट कच्चा तेलको ढुवानीमा