आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित « Khabarhub

आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिभुवन विश्वविद्यालयको आजको वार्षिक साधारणसभा बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि रु २८ अर्ब १२ करोड ५७ लाख २१ हजार बजेट पारित गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकले रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालद्वारा प्रस्तुत सो बजेट पारित गरेको हो । उक्त बजेट चालु आर्थिक वर्षको तुलनामा ७ दशमलव ४८ प्रतिशतले बढी हो ।

बजेटमा त्रिविको आन्तरिक स्रोतबाट ४९ दशमलव ३९ ९रु १३ अर्ब ८८ करोड ९३ लाख० र नेपाल सरकारबाट ५० दशमलव ६१ प्रतिशत ९रु १४ अर्ब २३ करोड ६३ लाख० प्रस्ताव गरिएको छ ।

बजेटले समयसापेक्ष बजारमुखी नयाँ विषयको अध्यापन तथा अनुसन्धान सुरु गर्ने र विद्यमान पाठ्यक्रमको परिमार्जन गर्ने नीतिलाई प्राथमिकता दिएको छ ।

बैठकले विभिन्न सङ्काय र तहमा उत्तीर्ण भएका ८९ हजार १९१ विद्यार्थीहरुसहितको ६३ औँ ग्रेसलिष्ट पारित पनि गरेको छ । नवनियुक्त उपकुलपति प्राडा दीपक अर्यालले कार्यभार सम्हालेको भोलिपल्ट यो पहिलो सिनेट बैठक भएको हो ।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ८ : ५० बजे

सरकारी जग्गाको विवरण उपलब्ध गराउन मातहतका निकायलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्ना मातहतका सबै निकायलाई

बजार ओरालो लागेपछि सेबोनले आश्वासन दिँदै भन्यो, आगामी साता ‘पुँजी बजार विकास मार्गचित्र’ सार्वजनिक गर्छौँ

काठमाडौं– सेयर बजार निरन्तर ओरालो लागेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले

राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकबाट ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो

पलको फिल्म ‘आबाट आमा २’ असोज ३० मा रिलिज हुने

काठमाडौं – नायक पल शाहको फिल्म ‘आबाट आमा २’ असोज

एक्स्ट्रिम इनर्जी ड्रिंक्स : एनपीएलका छ फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सर

काठमाडौं– एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित नेपालको लोकप्रिय ब्रान्ड एक्स्ट्रिम इनर्जी