गाईजात्रा जस्ता पर्वलाई जीवन्त राख्नुपर्छ : उपाध्यक्ष घिमिरे « Khabarhub

गाईजात्रा जस्ता पर्वलाई जीवन्त राख्नुपर्छ : उपाध्यक्ष घिमिरे


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले सम्पूर्ण सांस्कृतिक धरोहरको रक्षा गर्दै भावी पुस्ताका लागि पनि गाईजात्राजस्ता पर्वलाई जीवन्त राख्नु सबैको दायित्व र जिम्मेवारी रहेको बताएकी छन् ।

नेवार समुदायमा मनाइने मौलिक सांस्कृतिक पर्व गाईजात्राका अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा आज शुभकामना व्यक्त गर्दै उनले सो कुरा बताएकी हुन् ।

गाईजात्रा भाद्र कृष्ण प्रतिपदादेखि आठ दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी मनाइन्छ । पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई संसारले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले जनतालाई आआफ्ना मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू भनी आदेश दिएकामा गाईजात्राको प्रचलन चलेको जनविश्वास रहिआएको छ ।

उपाध्यक्ष घिमिरेले भनेकी छन्, ‘विकृतिका विरुद्ध गरिने प्रहसनले हामी सबैलाई सत्कर्ममा डोर्‍याउँछ प्रेरित गर्दै आएको छ तर यस्ता प्रहसन मुलुकको सार्वभौमसत्ता, अखण्डता, जातीय तथा लैङ्गिक विभेद तथा व्यक्तिगत प्रतिष्ठामा आँच नआउने बनाउन आग्रह पनि गर्दछु ।’

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, र बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश भएको पनि उल्लेख गरेकी छन् । उपाध्यक्ष घिमिरेले भनेकी छन्, ‘गाईजात्राले हामी सबैमा धार्मिक सहिष्णुता कायम गर्दै सकारात्मक सोचको विकास गर्न अहम भूमिका खेल्नेछ र सत्मार्गमा लाग्ने प्रेरणा मिल्नेछ भन्ने विश्वास छ ।’ 
 

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ९ : ३२ बजे

प्रतिनिधिसभामा सांसदले उठाए यी विषय

काठमाडौं- प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसदहरूले बाढीपहिरोबाट भएको क्षति, बेपत्ता

छोराको न्याय माग्दै सिंहदरबार पुगिन् अर्जुनकी आमा, भन्छिन्- घटना घटाउन बाध्य पर्नेलाई कारबाही गरियोस्

काठमाडौं– त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका बस चालक

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित १० जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि