गाईजात्रा जस्ता पर्वलाई जीवन्त राख्नुपर्छ : उपाध्यक्ष घिमिरे | Khabarhub Khabarhub

गाईजात्रा जस्ता पर्वलाई जीवन्त राख्नुपर्छ : उपाध्यक्ष घिमिरे


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले सम्पूर्ण सांस्कृतिक धरोहरको रक्षा गर्दै भावी पुस्ताका लागि पनि गाईजात्राजस्ता पर्वलाई जीवन्त राख्नु सबैको दायित्व र जिम्मेवारी रहेको बताएकी छन् ।

नेवार समुदायमा मनाइने मौलिक सांस्कृतिक पर्व गाईजात्राका अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा आज शुभकामना व्यक्त गर्दै उनले सो कुरा बताएकी हुन् ।

गाईजात्रा भाद्र कृष्ण प्रतिपदादेखि आठ दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी मनाइन्छ । पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई संसारले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले जनतालाई आआफ्ना मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू भनी आदेश दिएकामा गाईजात्राको प्रचलन चलेको जनविश्वास रहिआएको छ ।

उपाध्यक्ष घिमिरेले भनेकी छन्, ‘विकृतिका विरुद्ध गरिने प्रहसनले हामी सबैलाई सत्कर्ममा डोर्‍याउँछ प्रेरित गर्दै आएको छ तर यस्ता प्रहसन मुलुकको सार्वभौमसत्ता, अखण्डता, जातीय तथा लैङ्गिक विभेद तथा व्यक्तिगत प्रतिष्ठामा आँच नआउने बनाउन आग्रह पनि गर्दछु ।’

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, र बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश भएको पनि उल्लेख गरेकी छन् । उपाध्यक्ष घिमिरेले भनेकी छन्, ‘गाईजात्राले हामी सबैमा धार्मिक सहिष्णुता कायम गर्दै सकारात्मक सोचको विकास गर्न अहम भूमिका खेल्नेछ र सत्मार्गमा लाग्ने प्रेरणा मिल्नेछ भन्ने विश्वास छ ।’ 
 

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ९ : ३२ बजे

गाजामा मानवीय सङ्कट गहिरिँदै, अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

संयुक्त राष्ट्रसङ्घ – संयुक्त राष्ट्र बालकोष (यूनिसेफ)का अनुसार, गाजा सिटी

‘कमेडी दरबार’ युट्युबमा अपलोड नभएपछि निमार्ण टिमले माग्यो माफी

काठमाडौं – सरकारले युट्युबसहित सूचीकरण नभएका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि

एमाले विधान महाधिवेशन : विभिन्न प्रतिवदेन प्रस्तुत गर्दै पहिलो दिन सम्पन्न

ललितपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाविधेशनको पहिलो

मनास्लु आरोहण गर्न दुई सय २४ जनाले लिए अनुमति

गोरखा – यस वर्षको शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर)मा

फेसबुक बन्द भएपछि बालेनको कटाक्ष : अब अरुले काम गरेको मात्र देख्ने भए

काठमाडौं– सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको केही घण्टामै