सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्नेछ : प्रधानमन्त्री  « Khabarhub

सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्नेछ : प्रधानमन्त्री 


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले तराईमा सिँचाइको स्थायी समाधान खोज्न सरकार दृढ रहेको बताएका छन् । मधेस प्रदेशका आठ जिल्लामा ७६ दशमलव ५४ प्रतिशत रोपाइँ भएकामा खुसी व्यक्त गर्दै उनले सामाजिक सञ्जालबाट तराईमा सिँचाइको स्थायी समाधान खोजिने बताएका हुन् ।

तराईमा आगामी वर्षदेखि आकाशे वर्षाको निर्भरता हटाएर सिँचाइको स्थायी समाधान ल्याउने सरकारको संकल्प रहेको बताएका छन् । 

वर्षासँगै सुक्खाले संटग्रस्त मधेस प्रदेशमा रोपाइँ सुरु भएकामा प्रसन्न भएका प्रधानमन्त्री ओलीले धेरै महिला सहभागी भएर रोपाइँ गरेको तस्बिरसहित देश र जनतालाई अभिवादन गर्दै ‘यस वर्षको खडेरीले अन्नको भण्डार मानिने हाम्रो तराईका खेतमा धाँजा परेर रोपाइँ गर्नै नसक्ने अवस्था आयो । जहाँ रोपाइँ भयो, त्यहाँ पानीको अभावले रोपो मर्न थालेको थियो । किसानका पीर, पसिना र सपना माटोमै सुक्न लागेकाबेला म केही समयअघि तराई गएको थिएँ र सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गर्दै राहत र सहयोगको विशेष निर्णय गरेको थियो’, भनेका छन् ।

आगामी वर्षदेखि आकासे वर्षाको निर्भरता हटाएर सिँचाइको स्थायी समाधान ल्याउने सरकारको संकल्प रहेको र अब त्यो दिन धेरै टाढा नभएको उनले बताएका छन् । किसानको मुस्कान, जमिनमा हरियालीको सुगन्ध र समाजको खाद्यान्न भविष्यलाई देशको र वर्तमान सरकारको लक्ष्य भएको उल्लेख गर्दै प्रधानमन्त्रीले सबै किसानलाई अभिवादन गरेका छन् ।

‘तत्कालका लागि ५०० वटा डिपबोरिङ जडानको काम सुरु गरिएको थियो, र दीर्घकालीन समाधानका लागि सुनकोशी–मरिन डाइभर्सनको काम अघि बढाइरहेको छ । पछिल्लो साता हामीलाई प्रकृतिले साथ दिएको छ । वर्षाले फेरि हरियाली फर्काउन थालेको छ । यही साउन २३ गतेसम्म मधेस प्रदेशका आठ जिल्लामा ७६ दशमलव ५४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ, र केही दिनमै सम्पूर्ण खेतबारीमा हरियो सपना लहराउनेछ भन्ने आशा छ’, प्रधानमन्त्रीले भनेका छन् । 

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  १२ : ३७ बजे

दसैँ–तिहारमा हवाई भाडा बढाएको भन्दै रास्वपा सांसदको आपत्ति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दसैँ–तिहारको समयमा

प्रतिनिधिसभामा सांसदले उठाए यी विषय

काठमाडौं- प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसदहरूले बाढीपहिरोबाट भएको क्षति, बेपत्ता

छोराको न्याय माग्दै सिंहदरबार पुगिन् अर्जुनकी आमा, भन्छिन्- घटना घटाउन बाध्य पर्नेलाई कारबाही गरियोस्

काठमाडौं– त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका बस चालक

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित १० जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको