ग्रे लिस्ट सन्दर्भ देखाउँदै सरकारले माग्यो सहकारीहरूको विवरण « Khabarhub

ग्रे लिस्ट सन्दर्भ देखाउँदै सरकारले माग्यो सहकारीहरूको विवरण


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले फाइनान्सियल टास्क फोर्स (एफएटीएफ) र एसिया/प्यासिफिक ग्रुप अन मनी लाउन्डिरिङको ग्रे लिस्ट सन्दर्भ देखाउँदै सहकारीहरूको विवरण माग गरेको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई पत्राचार गर्दै सहकारी विभागले जोखिममा आधारित सहकारी संघ/संस्थाहरूको अनुगमन गर्ने प्रयोजनको लागि सहकारीहरूको विवरण माग गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सबै सहकारी संघ/संस्थाहरूले साउन मसान्तभित्र गुगल फर्ममा विवरण प्रविष्ट गराउने गरी स्थानीय तहहरूलाई परिपत्र गरिदिन गरेको अनुरोधअनुसार सामान्य प्रशासन मन्त्रालयले सो पत्राचार गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी विभागले जोखिममा आधारित सहकारी संघ/संस्थाहरूको अनुगमन गर्ने प्रयोजनको लागि सम्पत्ति शुद्धीकरण (मनी लाण्डरिङ) निवारण ऐन, २०६४ को दफा ७ (प) को उपदफा (२) बमोजिम आर्थिक वर्ष ०८१/८२ को विवरण गुगल फर्ममार्फत प्रविष्ट गर्न भनेको छ ।

सहकारी विभागका प्रवक्ता रघुनाथ महतले सहकारीहरूको संस्थागत रूपमा समुच्च विवरण माग गरिएको बताए । जसमा कम कारोबारदेखि बढी कारोबार गर्नेसम्मको संख्यात्मक जानकारी हुने उनले बताए ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  १ : ०७ बजे

राष्ट्रपति पौडेलको असावधानीकै कारण प्रतिनिधिसभा विघटन भयो : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल