वसन्तपुरमा यसरी मनाइयो गाइजात्रा (तस्बिरहरू) « Khabarhub

वसन्तपुरमा यसरी मनाइयो गाइजात्रा (तस्बिरहरू)



काठमाडौं– नेवार समुदायले देशभर गाईजात्रा पर्व मनाइरहेका छन् । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आइतबार काठमाडौँ उपत्यकासहित देशभर धुमधामसँग मनाइँदैछ ।

यस पर्वमा बितेको एक वर्षभित्र निधन भएका आफन्तहरूको सम्झनामा गाई वा गाईको भेषमा सजिएका मानिसलाई नगर परिक्रमा गराइन्छ । यस क्रममा उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दही, अन्न र द्रव्य दिने गरिन्छ ।

काठमाडौंको वसन्तपुरमा पनि आइतबार गाईजात्रा पर्व मनाइँदैछ । धार्मिक किंवदन्ती अनुसार यसरी नगर परिक्रमा गर्नाले दिवङ्गत आत्माले गाईको पुच्छर समातेर वैतर्णी पार गर्ने विश्वास छ ।

राजा प्रताप मल्लले पुत्र शोकले विह्वल रानीलाई दुनियाँले पनि यस्तै दुःख भोग्ने गरेको भनेर देखाउन गाईजात्रा थाले‍को बताइन्छ ।

रानीको मन शान्त नहुँदा उनले विभिन्न प्रहसन र व्यङ्ग्यपूर्ण प्रस्तुतिका लागि आदेश दिएकाले हास्यव्यङ्ग्यको परम्परा चलनमा आएको जनश्रुति पाइन्छ। प्रताप मल्लको पालादेखि हनुमान ढोका दरबार हुँदै गाईजात्रा लैजाने परम्परा कायमै छ ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ४ : ५८ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष