वसन्तपुरमा यसरी मनाइयो गाइजात्रा (तस्बिरहरू) « Khabarhub

वसन्तपुरमा यसरी मनाइयो गाइजात्रा (तस्बिरहरू)



काठमाडौं– नेवार समुदायले देशभर गाईजात्रा पर्व मनाइरहेका छन् । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आइतबार काठमाडौँ उपत्यकासहित देशभर धुमधामसँग मनाइँदैछ ।

यस पर्वमा बितेको एक वर्षभित्र निधन भएका आफन्तहरूको सम्झनामा गाई वा गाईको भेषमा सजिएका मानिसलाई नगर परिक्रमा गराइन्छ । यस क्रममा उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दही, अन्न र द्रव्य दिने गरिन्छ ।

काठमाडौंको वसन्तपुरमा पनि आइतबार गाईजात्रा पर्व मनाइँदैछ । धार्मिक किंवदन्ती अनुसार यसरी नगर परिक्रमा गर्नाले दिवङ्गत आत्माले गाईको पुच्छर समातेर वैतर्णी पार गर्ने विश्वास छ ।

राजा प्रताप मल्लले पुत्र शोकले विह्वल रानीलाई दुनियाँले पनि यस्तै दुःख भोग्ने गरेको भनेर देखाउन गाईजात्रा थाले‍को बताइन्छ ।

रानीको मन शान्त नहुँदा उनले विभिन्न प्रहसन र व्यङ्ग्यपूर्ण प्रस्तुतिका लागि आदेश दिएकाले हास्यव्यङ्ग्यको परम्परा चलनमा आएको जनश्रुति पाइन्छ। प्रताप मल्लको पालादेखि हनुमान ढोका दरबार हुँदै गाईजात्रा लैजाने परम्परा कायमै छ ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ४ : ५८ बजे

राजस्व चुहावट गरेको भन्दै पाँच जनाविरुद्ध आरोप पत्र दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गढवा गाउँपालिका दाङका तत्कालीन अध्यक्ष

मन्त्री बज्राचार्यद्वारा पद तथा गोपनीयताको शपथ

बागमती– बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शैलेन्द्रमान बज्राचार्यले आज पद

मन्त्रालयले मुलुक केन्द्रित रणनीतिमा काम गरिरहेको छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयले मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माणका

पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरीचौकी नजिकै आत्मघाती बम विस्फोट, १७ जनाको मृत्यु

पेशावर– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्वात जिल्लाको कबाल प्रकरी चौकी